युएईसंग नेपालले विशाल जित हात पार्दा बनेका ८ ठुला रेकर्ड

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ-१२ , शनिवार

नेपालले युएईसंग जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा युएईलाई १४५ रनले पराजित गर्ने क्रममा ठुला रेकर्डहरु बनाएको छ।

पहिले ब्याटिंग गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा युएई ९७ रनमै समेटिए पछि नेपालले खेलमा रेकर्डको वर्षा गरेको हो। नेपालले खेलमा कायम गरेको केहि ठुला रेकर्डहरुको यहाँ चर्चा गरेका छौँ –

१- पहिलो विकेटको सबैभन्दा ठुलो साझेदारी 

बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि बनाएको ६१ रन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटको लागि सबैभन्दा ठुलो साझेदारी हो। यस भन्दा अघि पहिलो विकेटको लागि सबै भन्दा ठुलो साझेदारी ज्ञानेन्द्र मल्ल र अनिल साहको नाममा थियो जसले गत वर्ष अगस्टमा नेदरल्याण्डसंगको सिरिज अन्तर्गत पहिलो खेलमा ५८ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको लागि तेश्रो ठुलो साझेदारी २९ रन हो जुन ज्ञानेन्द्र मल्लले सुबास खकुरेलसंग नेदरल्याण्डसंग दोश्रो एकदिवसीयमा गरेका थिए।

२-  कुनै पनि विकेटको लागि ठुलो साझेदारी 

रोहित पौडेल र आरिफ शेखले छैठौं विकेटको लागि गरेको ८२ रनको साझेदारी नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि गरेको सबैभन्दा ठुलो साझेदारी हो। आजकै खेलमा पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले गरेको ६१ रनको साझेदारी रोहित र आरिफले तोडेका हुन्। ज्ञानेन्द्र मल्ल र अनिल साहले गत वर्ष अगस्टमा नेदरल्याण्डसंगको सिरिज अन्तर्गत पहिलो खेलमा ५८ रनको ओपनिङ्ग साझेदारी गरेका थिए जुन यस अघि कुनै पनि विकेटको लागि ठुलो साझेदारी थियो।

३- सोमपाल ५ विकेट लिने पहिलो बलर र अहिलेसम्मकै उत्कृस्ट स्पेल 

एकदिवसीय अन्तर्राष्ट्रीय क्रिकेटको एकै खेलमा ५ विकेट लिने सोमपाल पहिलो नेपाली बलर बनेका छन् भने यो स्वतः नेपाली बलरको उत्कृस्ट बलिङ्ग स्पेल समेत हो। यस अघि सन्दिप लामिछाने र पारस खड्काले एकै खेलमा ४ विकेट लिएका थिए। सन्दिपले गत वर्ष अगस्टमा युएईसंग एसिया कप छनौट प्रतियोगितामा र पारसले अगस्टमै नेदरल्याण्डसंग एकदिवसीय सिरिजमा उक्त विकेट लिएका थिए जसलाई अब सोमपालले पछि छाडेका छन्।

Sompal Kami
Sompal Kami ( Photo – Thanational.ae )

४- सबैभन्दा ठुलो योगफल 

नेपालले पहिले ब्याटिंग गर्दै युएईसंग बनाएको २४२ रन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्ममै ठुलो योगफल हो। यस अघि नेपालले नेदरल्याण्डसंग बनाएको २१६ रन सर्वाधिक योगफल थियो। नेपालले जारि सिरिज अन्तर्गत पहिलो खेलमा बनाएको ११३ रन सबैभन्दा कम योगफल हो।

५- ठुलो अन्तरको जित 

१४५ रनको जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो रन अन्तरको जित हो। नेपालले आजको जित सहित मात्र २ एकदिवसीय अन्तर्राष्ट्रियमा जित दर्ता गरेको छ। यस भन्दा अघि नेपालले गत वर्ष नेदरल्याण्डलाई १ रनले पराजित गरेको थियो जुन नेपालले हात पारेको सबैभन्दा कम रन अन्तरको र इतिहासकै पहिलो जित पनि हो।

६- युएई नेपालसंग सबै भन्दा कम योगफलमा समेटिने टिम 

युएई ९७ रनमै समेटिन पुग्दा नेपालसंग सबैभन्दा कम योगफल बनाउने टिम बनेको छ। यस अघि नेदरल्याण्डले नेपालसंग गत वर्ष एकदिवसीय सिरिजमा पहिले ब्याटिंग गर्दै १८९ रन बनाएको थियो। नेपाल बिरुद्ध सबैभन्दा धेरै योगफल बनाउने रेकर्ड पनि युएईकै नाममा रहेको छ। उसले गत वर्ष अगस्टमा एसिया कप क्वालिफायरमा नेपालसंग २५४ रनको योगफल बनाएको थियो।

( Photo – Thenational.ae )

७- ज्ञानेन्द्र मल्लको लिस्ट ‘ए’ मा १ हजार रन  

लिस्ट ‘ए’ क्रिकेटमा ज्ञानेन्द्र मल्लले १ हजार रन पुरा गरेका छन्। १ हजार रन बनाउने ज्ञानेन्द्र दोश्रो मात्र नेपाली क्रिकेटर हुन्।

मल्लले ओपनिङ्ग ब्याटिंग गर्दै ४४ रन बनाउने क्रममा उनले १ हजार रन पुरा गरेका हुन्। खेल अघि ज्ञानेन्द्रको लिस्ट ‘ए’ मा ९७२ रन रहेको थियो। खेलमा २८ रन बनाउदै उनले हजार रन पुरा गरेका हुन्। इनिंग पछि अहिले ज्ञानेन्द्रको रन १०१६ पुगेको छ।

ज्ञानेन्द्रले १ हजार रन पुरा गर्न ४२ खेलको ४२ इनिंगनै ब्याटिंग गरेका छन्। यस क्रममा उनको एभरेज २६.०५ रहेको छ भने ६२.०६ को स्ट्राईक रेटले रन बनाएका छन्। उनले कुल १६३७ बल खेलेका छन् भने ५ वटा अर्धशतक प्रहार गरेका छन्। विस्तृतमा पढ्नुस 

८- रोहित अर्धशतक बनाउने बिश्वकै कान्छो खेलाडी 

रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेका छन्। यस क्रममा उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीलाई पछाडी छाडेका हुन्। सचिनले टेस्ट क्रिकेटमा र शाहिदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित भन्दा अघि कान्छो उमेरमा अर्धशतक पुरा गर्ने रेकर्ड बनाएका थिए। विस्तृतमा 

Rohit Paudel
Rohit Paudel ( Photo – TheNational.ae )

अफ्रिदीले सन् १९९६ मा श्रीलंका बिरुद्ध आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियको डेब्युमा ३७ बलमा शतक बनाउदै कान्छो खेलाडी बनेका थिए। त्यस क्रममा अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो।यस्तै सचिन तेन्दुलकरले सन् १९८९ मा पाकिस्तान बिरुद्धको टेस्ट मा ५९ रन बनाउने क्रममा टेस्ट क्रिकेटमा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने रेकर्ड बनाएका थिए। सचिनको त्यति बेला उमेर १६ वर्ष २१३ दिन थियो।

रोहित पौडेलले आज अर्धशतक प्रहार गर्दा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने रेकर्डमा सचिनलाई रोहितले २१३ दिनले तथा अफ्रिदीलाई ७१ दिनले पछि पारेका हुन्।

( All Pictures – TheNational.ae )





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]