युएईसंग एकदिवसीय सिरिज खेल्ने नेपाली टिमको घोषणा ( खेल तालिका सहित )

Nepal Cricket Team
  • विकेटनेपाल, पुष १६ , सोमबार

नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुवरी ३ तारिकसम्म खेल्ने एकदिवसीय र टि-२० सिरिजको लागि २० सदस्यीय नेपाली प्रारम्भिक टिमको घोषणा भएको छ।

एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले दोश्रो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। युएईमा खेलिने सिरिज अन्तर्गत नेपालले ३ वटा एकदिवसीय र ३ वटा टि-२० खेल खेल्नेछ। सबै खेलले आईसीसीको अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। यसै बर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो।

युएई सिरिजको तालिका 

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय
जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

यस्तो छ २० सदस्यीय नेपाली टिम 

भर्खरै सम्पन्न एभरेस्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका फास्ट बलर अविनाश बोहरा पहिलो पटक नेपाली टिमको बन्दसत्रमा अटाएका छन् भने भिम शार्की, सन्दिप जोरा, पवन सर्राफ जस्ता खेलाडीहरुले पनि बन्द सत्रमा स्थान बनाएका छन्। भिम शार्कीले पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सको लागि खेल्दै राम्रो प्रदर्शन गरेका थिए भने जोराले ईपिएलमा ललितपुर प्याट्रिएट्सको लागि तथा यु-१९ राष्ट्रिय टिमको लागि केहि राम्रो इनिंग खेलेका थिए। देब्रे हाते स्पिनर सुशन भारिलाई पनि बन्दसत्रमा राखिएको छ जसले ईपिएलमा पोखरा राइनोजको लागि खेल्ने क्रममा १० विकेट लिएका थिए।

Sundeep Jora
Sundeep Jora

अविनाश बोहराले एभरेस्ट प्रिमियर लिगमा शरद कप्तानीको भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा कुल ७ विकेट लिएका दायाँ हाते पेस बलर बोहराले प्रतियोगितामा किफायती बलिङ्ग तथा बिशेष गरि डेथ ओभरमा कन्जुस बलरको परिचय बनाएका थिए। हालसम्म उमेर समुह तथा नेपाली राष्ट्रिय टिमको लागि प्रतिनिधित्व नगरेका बोहरा शशस्त्र प्रहरी बल एपीएफको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेल्ने गर्छन्।

ईपिएल दौरान घाइते भएका कारण सागर पुन बन्दसत्रमा छैनन् भने सोहि प्रतियोगिता दौरान घाइते भएका कारण अधिकांश खेलहरु गुमाएका सोमपाल कामि भने बन्दसत्र टिममा छन्। एङ्कलको चोटका कारण सोमपालले युएई सिरिज खेल्न सक्ने निश्चित भने भएको छैन।

यस्तै बिग ब्यास लिग खेलीरहेका सन्दिप लामिछाने पनि युएई सिरिज खेल्न बन्दसत्रमा रहेका छन्। उनि जनवरीमा बंग्लादेश प्रिमियर लिग खेलीरहेका हुनेछन्। बंगलादेश प्रिमियर लिग बीचमा छोडेर उनि युएई पुग्नेछन्।

Abinash Bohara
Avinash Bohara

टिमको छनौट आईसीसीको रोहबरमा आईसीसी प्रतिनिधि अमिनिल इश्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले गरेको हो।

२० सदस्यीय टिम :- पारस खड्का ( कप्तान ) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]