टस हारेर नेपाल पहिले फिल्डिंग गर्दै – युथ एसिया कप

  • विकेटनेपाल, असोज १६ – मंगलबार 

यु-१९ युथ एसिया कप अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्ससंग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र युएई दुवै टिमले खेलेको २ वटै खेलमा हार बेहोरीसकेको छ र सेमीफाइनल पुग्ने सम्भावना सकीसकेको छ। युएईले अफगानिस्तानसंग ५ विकेटले तथा भारतसंग २२७ रनले पराजय बेहोरेको थियो भने नेपालले भारतसंग १७२ रनले तथा अफगानिस्तानसंग ३ विकेटले पराजय बेहोरेको थियो।

दुवै टिम बीचको खेल आत्मसम्मानको लागि खेलिनछ र जितको साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।

टस जितेर युएई ब्याटिंग गर्दै 

युएईले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

नेपालको अन्तिम ११ – MAHAMAD ASIF SHEIKH *+ TRIT RAJ DAS , ROHIT KUMAR PAUDEL, RIT GAUTAM, PAWAN SARRAF ,NANDAN YADAV , RASID KHAN, SUNDEEP JORA , SAGAR DHAKAL,  ARUN AIREE , SURYA TAMANG

युएई अन्तिम ११ – FAHAD NAWAZ *, ANSH JOHNATHAN , FIGY BRANDON, ADAM MUHAMMAD , ALI MUHAMMAD  A + ,  ALLSHAN SHARAFU , KARTIK PALANIAPPAN  M ,AARON BENJAMIN, ARYAN LAKRA , SYED HAIDER

युएईसंग पछिल्लो भेट

युएई यु-१९ टिमसंग नेपालले अन्तिम पटक सन् २०१५ एसीसी प्रिमियर लिगमा युएईसंग खेलेको थियो जसमा नेपालले १४९ रनको बिशाल अन्तरको जित निकालेको थियो।

मलेसियामा भएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १९९ रन बनाएको थियो जसको जवाफमा युएई ५० रनमै समेटिएको थियो। नेपालको जितमा बलिङ्गतर्फ सुशील कंडेलले सर्वाधिक ४ तथा सुनिल धमलाले ३ विकेट लिएका थिए भने ब्याटिंगमा राजु रिजालले ६२ रन बनाएका थिए।

सन् २०१३ को एसीसी यु-१९ को सेमीफाइनलमा नेपाल मलेसिया संग पराजित भए यता नेपालले युएई यु-१९ संग खेलेको ( २०१४ र २०१९ एसीसी यु-१९ ) मा सजिलै जित निकालेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]