नेपालको अभ्यास खेल बर्षाले प्रभावित

  • विकेटनेपाल, फाल्गुन १५

जिम्बाबेमा मार्च ४ तारिख देखि आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको अगाडी नेपाल र संयुक्त अरब ईमिरेट्सबीच हुन लागेको पहिलो अभ्यास खेल बर्षाले प्रभावित भएको छ । यस्तै दोश्रो अभ्यास खेल नेपालले मार्च १ मा हंगकंगको सामना गर्ने छ ।

जिम्बाबेको क्वे क्वे (Kwe Kwe) मैदानमा हुन लागेको खेलमा बर्षा बाधक बनेको छ । नेपाली समय अनुसार १:१५ बजे सुरु हुनुपर्ने खेलमा खेल सुरु हुनुभन्दा पहिला भएको बर्षाको कारणले मैदान भिजेपछी अहिलेसम्म टस पनि हुनसकेको छैन ।

नेपाल र युएई केहि समय अगाडी नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन २ मा शिर्ष २ मा रहँदै यो प्रतियोगिताको लागि छनौट भएका हुन् ।

विश्वकप छनौट प्रतियोगिताको शिर्ष दुई टोलीहरु आगामी बर्ष इंग्ल्याण्डमा हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटको लागि छनौट हुनेछन भने नेदरल्याण्ड र शिर्ष ३ एसोसोएट रास्ट्रहरुले एकदिवसीय मान्यता प्राप्त गर्नेछन । नेदरल्याण्ड   सन् २०१५ देखि २०१७ सम्म आयोजित विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेता टिम हो ।

प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

नेपाली टिम

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

सम्बन्धित:-

नेपाल युएईसंग खेल्दै, पछिल्लो ५ खेलमा यस्तो छ नतिजा





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]