नेपालको अभ्यास खेल बर्षाले प्रभावित

२०७४ फाल्गुन १५, मंगलवार १४:२९

  • विकेटनेपाल, फाल्गुन १५

जिम्बाबेमा मार्च ४ तारिख देखि आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको अगाडी नेपाल र संयुक्त अरब ईमिरेट्सबीच हुन लागेको पहिलो अभ्यास खेल बर्षाले प्रभावित भएको छ । यस्तै दोश्रो अभ्यास खेल नेपालले मार्च १ मा हंगकंगको सामना गर्ने छ ।

जिम्बाबेको क्वे क्वे (Kwe Kwe) मैदानमा हुन लागेको खेलमा बर्षा बाधक बनेको छ । नेपाली समय अनुसार १:१५ बजे सुरु हुनुपर्ने खेलमा खेल सुरु हुनुभन्दा पहिला भएको बर्षाको कारणले मैदान भिजेपछी अहिलेसम्म टस पनि हुनसकेको छैन ।

नेपाल र युएई केहि समय अगाडी नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन २ मा शिर्ष २ मा रहँदै यो प्रतियोगिताको लागि छनौट भएका हुन् ।

विश्वकप छनौट प्रतियोगिताको शिर्ष दुई टोलीहरु आगामी बर्ष इंग्ल्याण्डमा हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटको लागि छनौट हुनेछन भने नेदरल्याण्ड र शिर्ष ३ एसोसोएट रास्ट्रहरुले एकदिवसीय मान्यता प्राप्त गर्नेछन । नेदरल्याण्ड   सन् २०१५ देखि २०१७ सम्म आयोजित विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेता टिम हो ।

प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

नेपाली टिम

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

सम्बन्धित:-

नेपाल युएईसंग खेल्दै, पछिल्लो ५ खेलमा यस्तो छ नतिजा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy