युएईसंग खेल्दै नेपाल, खेलको प्रत्यक्ष प्रशारण हुने

  • विकेटनेपाल, १९ मङ्सिर 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौँ चरणको युएईसंगको पहिलो खेल नेपालले बुधबार शेख जायद स्टेडियम आबुदाबिमा खेल्दैछ।

च्याम्पियनसिप अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्ने सम्भावना गुमाएपछि डिभिजन-२ मा झरेको नेपाल र युएईको लागि यो खेल प्रतिष्ठा तथा अंकतालिकाको माथिल्लो स्थान ओगट्नको लागि हुनेछ। फेब्रुअरीमा नामिबियामा संचालन हुने डिभिजन-२ प्रतियोगिताको तयारीको लागि नेपाली टिमले यो खेललाई लिएको छ।

खेलको प्रत्यक्ष प्रशारण आईसीसीले आफ्नो वेबसाइट icc-cricket.com मार्फत गर्ने बताएको छ। नेपाली समय ११:१५ बजे खेल सुरु हुनेछ। खेलको अपडेट विकेटनेपाल वेबसाइटफेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

युएईसंग खेल्नु अघि नेपाली टिमले अमेरिका र केन्यासंग २ वटा अभ्यास खेल खेल्यो। अमेरिकासंग ५ विकेटको हार बेहोरेको नेपाली टिमले केन्यालाई भने ६ विकेटले पराजित गर्नसक्यो। दुवै खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल खेलेनन्। अतिरिक्त खेलाडीको रुपमा पुगेका कुशल भुर्तेल र अनिल शाहलाई दुवै खेलमा मौका दिईएको थियो।

युएई जानु अघि कप्तान पारस खड्का र जगत टमाटाले फर्ममा नभएका खेलाडीहरुले प्रदर्शन नगरे टिममा अब मौका नदिने बताएका थिए त्यसकारण लयमा नहेका बिनोद भण्डारी र सागर पुन जस्ता खेलाडीको लागि युएईसंगको खेलको लागि गर या मरको स्थिति रहेको छ।

ललित सिंह भण्डारीले मौका पाउलान् ?

अभ्यास खेलमा मौका पाएपनि प्रभावित पार्न नसकेका विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले युएईसंग मौका पाउलान नपाउलान प्रतिक्षाको बिषय छ। दिलिप लगायत आरिफ शेखको प्रदर्शन पनिहेर्न लायक हुनेछ। केन्यासंगको अभ्यास खेलमा उत्कृस्ट बलिंग गर्दै ४ विकेट हात पारेका ललित सिंह भण्डारीले टिममा मौका पाउलान् या नपाउलान र उनको प्रदर्शन पनि नेपाली फ्यानहरुले कुरीरहेका छन्।

कस्तो छ युएई ? 

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको प्रदर्शन हेर्ने हो भने युएईले नेपाल भन्दा पनि कमजोर प्रदर्शन गरेको छ। कुल १२ खेलमा युएईले मात्र ३ जित निकाल्न सकेको छ भने ९ खेलमा हार बेहोर्दै मात्र ६ अंक बटुल्न सकेको छ। अंकतालिकाको पुछारमा रहेको युएईले केन्या,पपुवा न्यु गिनी र नामिबिया बिरुद्ध १/१ जीत निकाल्न सफल रहेको थियो भने अन्य सबै खेलमा हार बेहोर्न पुग्यो। अंकतालिका हेर्नुस

नेपालसंग खेल्नु अघि यसै साता युएईए इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसंग खेलेको थियो जुन खेलमा अफगानिस्तान १० विकेटले बिजयी भएको थियो। इन्टरकन्टिनेन्टल कपमा पनि युएईले कुल ७ खेलमा मात्र २ जित हात पार्दै अंकतालिकामा पाँचौ स्थानमा रह्यो।

जिम्बाबे ‘ए’ संग गत महिना ३ वटा एकदिवसीय सिरिज खेलेको युएईले ३ वटै खेलमा जित हात पार्दै आफुलाई बलियो साबित गरेको थियो। सिरिजमा युएईले पहिलो खेल ४ विकेटले, दोश्रो खेल ५ विकेटले तथा तेश्रो खेल २५ रनले जितेको थियो।उक्त सिरिजमा कप्तान रोहन मुस्तफा, अम्जद जाबेद, मोहम्मद उस्मान लगायत खेलाडीहरुले महत्वपूर्ण प्रदर्शन गरेका थिए भने एउटा टिमको रुपमा खेल्दै युएई सफल भएको थियो।

नेपालसंगको पछिल्लो खेल युएईले सन् २०१४ को एकदिवसीय बिश्वकप छनौट न्युजिल्याण्डमा खेलेको थियो। उक्त खेलमा युएईले नेपाललाई १०२ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गरेको युएईले २९७ रन बनाएको थियो जसको जवाफमा नेपाल १९५ रनमै सिमित भएको थियो। त्यस खेलमा शतकीय इनिंग ( १०९ रन ) खेलेका शैमन अनवर हाल पनि युएई टिममा रहेका छन् जसको नेपालसंगको रेकर्ड राम्रो रहेको छ।

पारस खड्काको भनाइ 

“हामीले २ वटा अभ्यास खेल खेल्न पायौं जसमा हामीले युवा खेलाडीहरुलाई मौका दियौ। फेब्रुअरीमा नामिबियामा हुने डिभिजन-२ को लागि यहाँको खेलले टिम निर्माण गर्न मद्दत पुग्नेछ। फेब्रुअरीमा डिभिजन-२ को लागि हामि तयार छौं र खेलाडीहरु मेहनत गरिरहेका छन्”

नेपाली टिम :- 

पारस खड्का ( कप्तान ) ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, शक्ति गौचन, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, सोमपाल कामि, करन केसी, ललित भण्डारी, आरिफ शेख, दिलिप नाथ

युएई टिम :- 

रोहण मुस्तफा ( कप्तान ) अमजद जाबेद, शैमन अनवर, रमिज शहजाद, मोहम्मद उस्मान, अद्नान मुफ्ती, घुलाम शब्बिर, अहमद राजा, मुहम्मद नबिद, इमरान हैदर, कादिर एह्मद, मुहम्मद बुता, जहुर खान, मुहम्मद अश्फक अहमद





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]