नेपालविरुद्ध अमेरिका : हेड टु हेड

काठमाडौं । नेपालले विश्वकप लिग टु सिरिज अन्तर्गतको आफ्नो ५औं राउण्डको पहिलो खेलमा आइतबार अमेरिकाको सामान गर्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल युएईको दुबईमा नेपाली समय अनुसार आइतबार बिहान सवा ११ मा सुरु हुनेछ । नेपाल र अमेरिका ओडिआई क्रिकेटको इतिहासमा पटक पटक आमने सामने भएका छन् । नेपाल र अमेरिकाले ओडिआई मान्यता पाएका ९ खेल खेलेका छन् ।

दुई देशबीच भएका ९ मध्ये समान ४ खेल नेपाल र अमेरिकाले आफ्नो पक्षमा पारेका छन् । दुईबीचको एक खेल भने बराबरीमा सकिएको छ । नेपाल र अमेरिकाबीचका ८ खेल विश्वकप लिग टुमा अन्तर्गत तथा १ खेल भने विश्वकपको ग्लोबल छनोटमा खेलेको छ ।

नेपालले विश्वकप ग्लोबल छनोटको खेलमा शतप्रतिशत जित हात पारेको छ । लिग टु का ८ मध्ये ३ खेलमा जित तथा ४ मा हार बेहोरेको छ । दुईबीचको एक खेल भने बराबरीमा सकिएको छ । नेपालले अमेरिकासँग पछिल्लो पटक भएको भेटमा हार बेहारेको थियो ।

गत वर्ष अमेरिकामा नै भएको खेलमा घरेलु टोलीले नेपाललाई ३७ रनले पराजित गरेको थियो ।

नेपाली टोली
आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, शाहब आलम

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy