अमेरिका बिरुद्ध गुल्सन झाको डेब्यु, टस हारेर नेपालले ब्याटिंग गर्दै

Gulsan Jha

ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन्।

खेलमा अमेरिकाले टस जितेर फिल्डिंग रोजेको छ। नेपालले अन्तिम एघारमा एउटा परिवर्तन गरेको छ। युवा दायाँ हाते फास्ट बलर गुल्सन झाले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि डेब्यु गर्ने भएका छन्। बिक्रम सोबको स्थानमा उनले मौका पाएका हुन्। गुल्सनलाई टिमका अर्का पेसर सोमपाल कामिले डेब्यु क्याप प्रदान गरेका थिए।

झाले मार्चमा सम्पन्न काठमाडौँ मेयर्स कपमा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्ने क्रममा शशस्त्र प्रहरी बल एपीएफ बिरुद्ध फाइनल खेलमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए। प्रतियोगितामा उनले मात्र २ खेल खेलेता पनि आफ्नो घातक बाउन्सर र गतिले सबैको मन जितेका थिए। उनि देब्रे हाते ब्याट्सम्यान हुन् र ब्याटिंग पनि राम्रो गर्न सक्षम छन्।

नेपालको अन्तम एघारमा गुल्सन, करन र सोमपाल गरि तिन फास्ट बलर छन् भने सन्दिप र सुशन भारि मुख्य स्पिनर रहेका छन्। कुशल मल्लले पनि नियमित देब्रे हाते स्पिन गरिरहेका छन्।

नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र गुल्सन झा ( अन्तिम एघार बाहिर रहेका खेलाडीहरु – शरद भेसावकर, अविनाश बोहरा, पवन सर्राफ, आरिफ शेख, बिक्रम सोब ) 

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। अमेरिका आफ्नो दोश्रो खेलमा ओमानसंग ४ विकेटले पराजित हुन पुगेको थियो। दुवै टिम आफ्नो पछिल्लो हारलाई बिर्सेर लिग-२ अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न चाहन्छ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]