अमेरिका बिरुद्ध गुल्सन झाको डेब्यु, टस जितेर नेपालले ब्याटिंग गर्दै

ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन्।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। नेपालले अन्तिम एघारमा एउटा परिवर्तन गरेको छ। युवा दायाँ हाते फास्ट बलर गुल्सन झाले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि डेब्यु गर्ने भएका छन्। बिक्रम सोबको स्थानमा उनले मौका पाएका हुन्। गुल्सनलाई टिमका अर्का पेसर सोमपाल कामिले डेब्यु क्याप प्रदान गरेका थिए।

नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गर्ने गुल्सन २७ औं खेलाडी हुन्। यो वर्ष मार्चमा आयोजित सम्पन्न काठमाडौँ मेयर्स कपमा शशस्त्र नेपाल पुलिस क्लबको लागि खेल्ने क्रममा शशस्त्र प्रहरी बल एपीएफ बिरुद्ध फाइनल खेलमा ३६ रन खर्चेर ४ विकेट लिएपछि चर्चा पाएका गुल्सनले त्यसैको बलमा राष्ट्रिय टिममा स्थान बनाएका थिए। तिब्र गति र बाउन्सरका कारण घातक सावित हुने झाले मेयर्स कपमा मात्र दुई वटा खेल खेलेकै बलमा राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

नेपालको अन्तम एघारमा गुल्सन, करन र सोमपाल गरि तिन फास्ट बलर छन् भने सन्दिप र सुशन भारि मुख्य स्पिनर रहेका छन्। कुशल मल्लले पनि नियमित देब्रे हाते स्पिन गरिरहेका छन्।

नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र गुल्सन झा

अन्तिम एघार बाहिर रहेका खेलाडीहरु – शरद भेसावकर, अविनाश बोहरा, पवन सर्राफ, आरिफ शेख, बिक्रम सोब

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। अमेरिका आफ्नो दोश्रो खेलमा ओमानसंग ४ विकेटले पराजित हुन पुगेको थियो। दुवै टिम आफ्नो पछिल्लो हारलाई बिर्सेर लिग-२ अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न चाहन्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy