नेपाली स्पिनर चम्किंदा पटेलको शतकका बाबजुद अमेरिकाको मध्यम योगफल

Nepal Cricket Team

विश्वकप लिग-२ अन्तर्गत आफ्नो दोश्रो सिरिजमा नेपालले अमेरिकासंग ओमानमा प्रतिस्पर्धा गरिरहेको छ। लिग-२ अन्तर्गत नेपालको यो पाँचौ खेल हो।

ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २३० रन बनाउदै नेपाललाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय नेपाल बिरुद्ध अमेरिकाको यो सर्वाधिक टिम योगफल हो।यस अघि नेपाल बिरुद्ध अमेरिकाको सर्वाधिक योगफल १५५ रन थियो। यस्तै नेपाल बिरुद्ध पहिले ब्याटिंग गर्दै कुनै पनि टिमले बनाएको यो  तेश्रो ठूलो योगफल हो। यो भन्दा धेरै युएईले नेपाल बिरुद्ध २ पटक २५४ रन बनाएको थियो।  नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय माथिको योगफल एक पटक मात्र पछ्याएको छ। २०१९ जनवरीमा युएईले दिएको २५६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पछ्याएको थियो।

अमेरिकाको लागि मोनाक पटेलले सर्वाधिक १०० रन बनाए जुन क्रममा ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। करियरको पहिलो शतक बनाएका पटेल अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने जस्करन मलहोत्रा पछि दोश्रो ब्याट्सम्यान बनेका छन्। मलहोत्रा बाहेक अन्य अमेरिकी ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। निसर्ग पटेलले २१, करिमा गोरे र सुशान्त मोदानीले १६, स्टेभेन टेलरले १४, संजय कृष्णमुर्थी र अभिषेक परादकरले समान १३, जस्करन मलहोत्राले ११ रन बनाए।

अमेरिकी ओपनर स्टेभेन टेलरलाई चौथों ओभरमा बिक्रम सोबले पेभेलियन फर्काए। अर्का ओपनर सुशान्त मोदानीलाई सन्दिपले आफ्नो स्पेलको पहिलो ओभर र इनिंग्सको दशौँ ओभरमा एलबिडब्लु पारे। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका मोनाक पटेलले एक किनार सम्हालेर ब्याटिंग गरे।

मोनाक पटेलले शतक बनाए

पटेलले चौथों विकेटको लागि निसर्ग पटेलसंग ४९ रन जोडे। २३ औं ओभरमा पटेललाई कुशल मल्लले बोल्ड गर्दै नेपाललाई खेलमा फर्काए। त्यसपछि नोस्थुश केंजिंगेलाई कुशल मल्लले रन आउट गरे। अघिल्लो खेलमा कीर्तिमानी शतक र एकै ओभरमा ६ छक्का बनाएर कीर्तिमान बनाएका जस्करन मलहोत्रा लामो समय क्रिजमा जम्न सकेनन्। ३७ औं ओभरमा मलहोत्रालाई सुशन भारिले लंगअफमा कुशल भुर्तेलबाट क्याच आउट गराए। त्यसपछि सुशनले संजय कृष्णमुर्ति तथा सन्दिपले एल्मोर हचकिन्सनको विकेट लिंदै नेपाललाई हावी गराए। शतक पुरा गरे पछि मोनाक पटेल लगत्तै बलमा बिक्रम सोबबाट क्याच आउट हुन पुगे। पटेलको विकेटपछि अमेरिकी तल्लो क्रमले योगदान दिंदा अमेरिकाले योगफलमा अझ रन थप्न सक्यो। अभिषेक परादकर र कप्तान सौरभ नेत्रभाल्करले दशौँ विकेटको लागि अविजित १७ रनको साझेदारी गरे।

नेपालको बलिंगमा बिक्रम सोब ( ६-०-३३-२ ), सन्दिप लामिछाने ( १०-२-३५-२ ) र सुशन भारिले ( १०-०-३१-२ ) समान २ विकेट लिए। कुशल मल्ल ( १०-०-४५-१ ) ले १ विकेट लिए। सोमपाल कामि ( ९-०-४४-० ) र करन केसी ( ५-०-४१-० ) विकेटविहिन रहे।

खेलमा नेपालले अन्तिम-११ मा भेट्रान ब्याट्सम्यान शरद भेसावकर लगायत अविनाश बोहरा, आरिफ शेख, गुल्सन झा, पवन सर्राफलाई समाबेश गरेको छैन। पपुवा न्यु गिनी बिरुद्ध अघिल्लो खेलको अन्तिम एघार नेपालले मैदानमा उतारेको छ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]