आसिफ र सन्दिप चम्कदा नेपाल र जिम्बावे ‘ए’ बिचको ट्वान्टी-२० शृंखला बराबरी

तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलि नेपालसँग ८ विकेटले पराजित भएपछि जिम्बावे ‘ए’ टोलीको नेपाल भ्रमण अन्तर्गत ३ खेलको ट्वान्टी-२० अभ्यास शृंखला १-१ को बराबरीमा सकिएको छ । यसअघि सम्पन्न पहिलो ट्वान्टी-२० मा जिम्बावे ‘ए’ ६ विकेटले विजयी भएको थियो भने दोस्रो ट्वान्टी-२० वर्षाका कारण रद्ध भएको थियो ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा सम्पन्न खेलमा १३७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो । उसका लागि ओपनर आसिफ शेखले ५४ बलमा १३ चौका र १ छक्काको मद्धतमा सर्वाधिक अविजित ८७ रन बनाए । यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ३४ तथा बसिर अहमदले १० रन बनाउँदै उनको साथ थिए ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ९.३ ओभरमा ८८ रनको विस्फोटक ओपनिंग साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए । कुशललाई ब्रेन्डन मभुताले बोल्ड आउट पार्दै साझेदारी तोडे । त्यसपछि आसिफले बसिरसँग दोस्रो विकेटको लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याए । नेपाल जितबाट १५ रन टाढा रहँदा बसिरलाई ल्यूक जोंगवेको बलिंगमा कुड्जाई मौन्जेले डिप मिडविकेटमा सानदार क्याच गर्दै आउट पारेका थिए ।

 

जिम्बावे ‘ए’ को बलिंगतर्फ ब्रेन्डन मभुता ( ४-०-२७-१ ) र ल्यूक जोंगवेले ( ४-०-२६-१ ) समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको जिम्बावे ‘ए’ ले   निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । उसका लागि रोय कैयाले ४१ बलमा ७ चौकाको मद्धतमा सर्वाधिक ४९ रन बनाए । यस्तै, ओपनरद्वय इन्सेन्ट कैया र तडिवानाशे मरुमानीले क्रमशः १४ र २७ तथा ल्यूक जोंगवेले अन्तिममा अविजित २३ रनको योगदान दिए ।

नेपालको बलिंगतर्फ कप्तान सन्दिप लामिछानेले सानदार पुनरागमन गर्ने क्रममा (  ४-०-२५-२ ) सर्वाधिक २ विकेट लिए । पहिलो ट्वान्टी-२० अभ्यास खेलमा उनले ४ ओभरमा ५० रन खर्चिएर १ विकेट लिएका थिए । यस्तै, बसिर अहमद ( ४-०-१८-१ ) र सोमपाल कामीले ( ४-०-१९-१) समान १ विकेट हात पारे ।

ट्वान्टी-२० अभ्यास शृंखलापछि दुई टोलिबीच ३ खेलको एकदिवसीय अभ्यास शृंखला खेल्ने तालिका रहेको छ ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]