२२ फोटोमा हेर्नुस टेस्ट रास्ट्र जिम्बाबेबिरुद्ध नेपालको ऐतिहासिक पहिलो खेल

  • विकेटनेपाल, फाल्गुन २१ – सोमबार 

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एसोसिएट रास्ट्रको मान्यता प्राप्त गरेको नेपालले २२ बर्षे इतिहासमा पहिलो पटक टेस्ट मान्यता रास्ट्र जिम्बाबेसंग खेल्ने मौका पायो। इंग्ल्यान्डमा २०१९ मा आयोजना हुने एकदिवसीय बिश्वकपमा १० रास्ट्र मात्र सहभागी हुने भएपछि तल्लो वरियतामा रहेका जिम्बाबे, वेस्ट इन्डिज, अफगानिस्तान, आयरल्याण्ड जस्ता टेस्ट रास्ट्रहरुले समेत छनौट खेल खेल्नु परेपछि नेपालले टेस्ट रास्ट्रसंग खेल्ने मौका पाएको हो।

सन् २०१४ को टि-२० बिश्वकपमा नेपालले टेस्ट रास्ट्र बंगलादेशसंग खेल्ने मौका पाएको थियो तर एकदिवसीयमा भने अधिकारिक प्रतियोगितामा टेस्ट रास्ट्रसंग खेल्ने मौका कुर्न नेपाली क्रिकेट टिमले २ दशक भन्दा बढी प्रतीक्षा गर्नुपर्यो। सन् २०१५ मा नेपालले पाकिस्तानसंग युएईमा एकदिवसीय खेल खेल्ने मौका पाएको थियो जुन खेलमा पाकिस्तान १२१ रनले बिजयी भएको थियो।

जिम्बाबेसंग बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेल नेपाली क्रिकेट टिमले खेलेको सबैभन्दा ठुलो खेल मध्ये एक भन्दा दुइमत रहदैन।

टेस्ट रास्ट्रसंग वानडे फर्म्याटको पहिलो खेलमै जित हाँसिल गर्ने लक्ष्य भने नेपालको पुरा हुन सकेन। घरमा आयोजना भएको प्रतियोगितामा टस जितेको जिम्बाबेले ३८० रनको बिशाल योगफल तयार गर्यो जसको जवाफमा नेपालले २६४ रन बनाएपछि ११६ रनको हार बेहोर्यो। बलिंगमा महँगो साबित भएपनि नेपाली ब्याट्सम्यानहरुले जिम्बाबे बलरहरुलाई सजिलो बनाएनन् र पुरै ५० ओभर ब्याटिंग गर्न नेपाल सक्षम रह्यो।आरिफ शेख र शरद भेसावकरको शतक तथा पारस खड्काको आक्रामक ब्याटिंग नेपाली इनिंगको गर्व गर्न लायक पक्ष थियो।

सन् १९८३ देखि २०१५ सम्मको एकदिवसीय बिश्वकप लगातार खेलेको जिम्बाबेले इतिहासमै हालसम्म बिश्वकप छनौट प्रतियोगितामा कुनै पनि खेल हारेको छैन। गर्विलो इतिहास रहेको देशसंग नेपालले पुरै ५० ओभर ब्याटिंग गर्नु तारिफयोग्य रह्यो।

फोटोहरुमा हेर्नुस नेपालको टेस्ट रास्ट्रसंग ऐतिहासिक पहिलो खेल  

Lalit Rajbanshi receiving debut cap
Lalit Rajbanshi receiving debut cap

Nepal Cricket Team
Nepal Cricket Team

Sandeep Lamichhane bowling
Sandeep Lamichhane bowling
Lalit Rajbanshi bowling
Lalit Rajbanshi bowling
Dilip Nath, Paras Khadka
Dilip Nath, Paras Khadka

Basant Regmi bowling
Basant Regmi bowling

 

Sikandar Raza Century
Sikandar Raza Century
Brendan Taylor Century
Brendan Taylor Century

 

Nepal Cricket Team
Nepal Cricket Team

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]