नेपालको कमजोर ब्याटिंग , १३१ मै समेटियो

  • विकेटनेपाल, असोज १५ 

यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा साविक बिजेता अफगानिस्तानको सामना गरिरहेको छ।

प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाउन महत्वपूर्ण खेलमा टस जितेर नेपालले ब्याटिंग रोज्दै ३८.२ ओभरमा १३१ रनमा सबै विकेट गुमाएको छ।

खराब सुरुवात गरेको नेपालले पहिलो ४ विकेट २१ रनको योगफलमै गुमाएको थियो। ओपनर रित गौतम ( १० ) , रभी साह ( २ ) , सन्दिप जोरा ( ० ) र पवन सर्राफ ( ० ) विकेटमा जम्न सकेनन्।

पाँचौ विकेटको लागि कप्तान आसिफ शेखले रोहित पौडेलसंग ५३ रनको साझेदारी गर्दै स्कोरलाई अघि बढाए। आसिफ लामो समय जम्न सकेनन् र ४६ बलमा २ चौका प्रहार गरेपछि २० रन बनाएर आउट हुन पुगे। त्यस लगत्तै भिम शार्की ( ५ ) र कमल ऐरि ( ० ) आउट हुँदा नेपालको स्कोर ८१/७ पुग्यो।

आठौँ विकेटको लागि रोहित र रासिद खानले ३८ रनको साझेदारी गरे। आक्रामक ब्याटिंग गरेका रासिदले ४ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए पछि विकेट गुमाउन पुगे। त्यसपछि रोहित पौडेल पनि ४६ रन ( ८८ बल, ७ चौका ) बनाएर आउट भए पछि नेपालले ३८.२ ओभरमा १३१ रनमै सबै विकेट गुमाउन पुग्यो।

अफगानिस्तानको लागि अज्मतुल्लाह ओमारजीले ४ विकेट लिए भने अब्दुल रहमान र कैस कमवलले समान २/२ विकेट लिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy