नेपालको कमजोर ब्याटिंग , १३१ मै समेटियो

  • विकेटनेपाल, असोज १५ 

यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा साविक बिजेता अफगानिस्तानको सामना गरिरहेको छ।

प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाउन महत्वपूर्ण खेलमा टस जितेर नेपालले ब्याटिंग रोज्दै ३८.२ ओभरमा १३१ रनमा सबै विकेट गुमाएको छ।

खराब सुरुवात गरेको नेपालले पहिलो ४ विकेट २१ रनको योगफलमै गुमाएको थियो। ओपनर रित गौतम ( १० ) , रभी साह ( २ ) , सन्दिप जोरा ( ० ) र पवन सर्राफ ( ० ) विकेटमा जम्न सकेनन्।

पाँचौ विकेटको लागि कप्तान आसिफ शेखले रोहित पौडेलसंग ५३ रनको साझेदारी गर्दै स्कोरलाई अघि बढाए। आसिफ लामो समय जम्न सकेनन् र ४६ बलमा २ चौका प्रहार गरेपछि २० रन बनाएर आउट हुन पुगे। त्यस लगत्तै भिम शार्की ( ५ ) र कमल ऐरि ( ० ) आउट हुँदा नेपालको स्कोर ८१/७ पुग्यो।

आठौँ विकेटको लागि रोहित र रासिद खानले ३८ रनको साझेदारी गरे। आक्रामक ब्याटिंग गरेका रासिदले ४ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए पछि विकेट गुमाउन पुगे। त्यसपछि रोहित पौडेल पनि ४६ रन ( ८८ बल, ७ चौका ) बनाएर आउट भए पछि नेपालले ३८.२ ओभरमा १३१ रनमै सबै विकेट गुमाउन पुग्यो।

अफगानिस्तानको लागि अज्मतुल्लाह ओमारजीले ४ विकेट लिए भने अब्दुल रहमान र कैस कमवलले समान २/२ विकेट लिए ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]