विश्वकप क्वालीफायर अभ्यासमा नेपाल र वेस्ट इन्डिज नखेल्ने

  • विकेटनेपाल – ७ फाल्गुन, सोमवार

गत साता नामिबियामा सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेताको रुपमा २०१९ एकदिवसीय बिश्वकप छनौट खेल्न छनौट भएको नेपाली टिमले जिम्बाबेमा मार्च ४ देखि बिश्वकप छनौट प्रतियोगिता खेल्नेछ।

बिश्वकप छनौटको नेपाल रहेको समुहमा आयोजक जिम्बाबे, स्कटल्याण्ड, अफगानिस्तान र हंगकंग रहेका छन्। नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्ने छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

छनौट प्रतियोगिता अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सहभागी टिमहरुलाई २/२ वटा अभ्यास खेल खेल्ने मौका दिएको छ। आईसीसीको तालिका अनुसार नेपालले युएईसंग २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेको छ भने दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले  हंगकंगको सामना गर्नेछ।

वेस्ट इन्डिजसंग खेल्ने हल्ला गलत 

विश्वकप क्वालीफायरमा नेपालले खेल्ने आफ्नो दुई अभ्यास खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्ने भन्दै चर्चित क्रिकेट वेबसाइट क्रिक्इन्फोले खेल तालिकामा राखेपछि नेपाली फ्यानहरु टेस्ट रास्ट्र वेस्ट इन्डिजसंग खेल्ने खबरले उत्साहित बने। तर अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जारि गरेको खेल तालिका अनुसार भने नेपालले वेस्ट इन्डिजसंग खेल्ने कार्यक्रम छैन।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदका सामाजिक संजाल ब्यबस्थापक ( डिजिटल कन्टेन्ट म्यानेजर ) एलिस्टर हगले नेपालले वेस्ट इन्डिजसंग नखेल्ने कुराको पुस्टि गर्दै ट्वीट गरेका छन्-


नेपाली समर्थकहरुले उनलाई नेपालको अभ्यास खेल तालिका बारे प्रश्न सोधेपछि डिजिटल म्यानेजर हगले ट्वीट गर्दै आईसीसीको खेल तालिका सहि रहेको पुस्टि गरेका हुन् ।

क्रिक्इन्फोलाई आधार मानेर सामाजिक संजालमा प्रचार भए अनुरुप अभ्यासमा नेपालले वेस्ट इन्डिजसंग भिड्ने कुनै पनि अधिकारिक तालिका रहेको छैन। फरक समुहमा रहेका यी दुई टोलीको भेट क्वालीफायरकै अर्को चरणमा गएर मात्र हुने सम्भावना छ।

आईसिसीको अफिसियल वेबसाइटमा प्रकाशित सूचना अनुसार क्वालीफायरको अभ्यास खेलहरुको तालिका यस प्रकार रहेको छ  :

Warm up fixtures ICC World Cup Qualifier 2018
जनवरी १५ मै प्रेस रिलिज जारी गर्दै आईसिसीले अभ्यास खेलका साथै प्रतियोगिताको अफिसियल खेल तालिका सार्वजनिक गरेको थियो। सो अवसरमा आईसिसीका प्रमुख कार्यकारी डेविड रिचार्डसनले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने आँकलन समेत गरेका थिए । कार्यक्रममा उनले ठुला राष्ट्रहरुले उत्कृस्ट एसोसियट राष्ट्रहरुको सामना कसरी गर्नेछन् भन्ने उत्साहले प्रतियोगितालाई रोमान्चक बनाउने बताएका थिए ।

David Richardson Quote

विश्वकप क्वालीफायरसंग सम्बन्धित अन्य खबर :

बिश्वकपको ढोकामा नेपालको पहिलो प्रतिद्वन्द्वी जिम्बाबे, हेर्नुस खेलतालिका





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]