नेपालको बिशाल जितमा सोमपालको उत्कृस्ट प्रदर्शन

Sompal Kami
  • विकेटनेपाल, ३ असोज 

अभ्यास खेल खेल्न भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टिमले तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सोमपाल कामिले ब्याटिंग र बलिंग दुवैतर्फ राम्रो योगदान दिएका थिए ।

नेपालले पहिले ब्याटिंग गर्दै बनाएको २१६ रनको जवाफमा ब्याटिंग गरेको डीन्डीगुल ड्रयागन्सले दोश्रो इनिंगमा मात्र ६३ रनमै सबै विकेट गुमाउन पुगेको थियो ।

नेपालको लागि सोमपाल कामि, सागर पुन र सन्दिप लामिछानेले समान २-२ विकेट हात पारेका थिए । यस्तै पहिलो पटक नेपाली टिममा स्थान बनाएका सुशील कंडेल र ललित सिंह भण्डारीले १-१ विकेट हात पारे ।

यस अघि टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा २१६ रन बनाएको थियो ।  स्कोरकार्ड

तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्ससंगअभ्यास खेल खेलेको नेपाली टिमले पहिलो ६ विकेट ८५ रनको स्कोरमा गुमाएको थियो ।

बसन्त रेग्मीले अविजित ५६ रन योगदान दिए

६ विकेट गुमेपछि सोमपाल कामि र बसन्त रेग्मीले शतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लागेका थिए ।

सोमपालले ४ छक्का र २ चौका मदतले ७७ बलमा ६६ रन बनाएका थिए । बसन्त रेग्मीले अविजित ५६ रन बनाउने क्रममा २ छक्का र १ चौका प्रहार गरे । दुवैले सातौं विकेटको लागि १०७ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि ओपनिंग ब्याट्सम्यान  ज्ञानेन्द्र मल्लले ३९ रनको योगदान दिएका थिए । मल्लले २ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सागर पुनले १५ रन बनाएका थिए भने शरद भेसावकरले १ रन बनाउदा कप्तान पारस खड्का १ रनमै पेभेलियन फर्किएका थिए । आरिफ शेखले २१ रन बनाए भने बिनोद भण्डारीले १ रन मात्रै बनाउन सके ।

डीन्डीगुलका बलर एस अर्भिन्द एक्लैले ४ विकेट हात पारे । १० ओभर बलिंग गरेका उले २ मेडन ओभर सहित ३६ रन खर्चेकत थिए ।

नेपालले २१, २३ र २५ तारिकमा अन्य ३ वटा अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेकोछ। नेपाली टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

स्कोरकार्ड





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]