पहिलो अभ्यास खेलमा नेपाल बिजयी, आरिफको उत्कृस्ट ब्याटिंग

Aarif Sheikh
  • विकेटनेपाल – भदौ ६, बुधवार

आरिफ शेखको उत्कृस्ट इनिंग र नेपाली बलरहरुको अनुशाशित बलिंगको सहयोगमा श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले आर्मी क्रिकेट क्लब बिरुद्धको पहिलो अभ्यास खेलमा ६७ रनको जित दर्ता गरेको छ।

स्कोरकार्ड

टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको नेपाली टोलीले ४८.४ ओभरमा सबै विकेट गुfमाएर १९४ रन जोडेको थियो। कुनै समय ९१/७ को अवस्थामा रहेको नेपालको ब्याटिंगलाई उकास्न आरिफ शेखले उत्कृस्ट ब्याटिंग गरेका थिए। सर्वाधिक ८९ रन बनाउने क्रममा आरिफले ११८ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। आठौँ विकेटका लागि आरिफले बसन्त रेग्मीसगं महत्वपूर्ण २९ रनको साझेदारी गरेका थिए। त्यसपश्चात आरिफले क्रमस ललित भण्डारी र ललित राजबंशीसंग नवौं र दशौँ विकेटका लागि ५२ र २२ रनको साझेदारी गरे।

Aarif Sheikh , Lalit Rajbanshi
Aarif Sheikh , Lalit Rajbanshi

जवाफमा १९५ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलीले नेपाली बलिंगको अगाडी ३६.१ ओभर मात्र ब्याटिंग गर्न सक्यो। आर्मीले १२७ रन जोड्न सबै १० विकेट गुमाएपछि नेपालले पहिलो अभ्यास खेलमा ६७ रनको जित हात पार्यो।

आर्मीको ब्याटिंगमा जगत राजापाक्षेले सर्वाधिक ४६ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। आर्मीको ब्याटिंगलाई धरासायी पार्ने क्रममा नेपालको बलिंगतर्फ सोमपाल कामी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। आफ्नो ७ ओभरको स्पेलमा सोमपालले ३१ रन खर्चंदा ७.१ ओभर बलिंग गरेका बसन्तले भने २० रन मात्र खर्चिए। यस्तै दिपेन्द्र सिंह ऐरीको नाममा २ विकेट रह्यो।

मलेसियामा हुने एसिया कप छनौटको तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा शुक्रवार ब्लुमफिल्डको सामना गर्नेछ। तिन अभ्यास खेल खेलेर नेपाली टोलि अगष्ट २७ तारिखमा प्रतियोगिताका लागि मलेसिया उड्नेछ।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]