युएईलाई पराजित गर्न महत्वपूर्ण योगदान दिने ३ नेपाली खेलाडी

Player of the match - Rohit Paudel
  • विकेटनेपाल, असोज १६ 

रोहित पौडेलले शानदार इनिंग खेलेपछि नेपालले यु-१९ युथ एसिया कपको अन्तिम खेलमा युनाईटेड अरब इमिरेट्सलाई ३ विकेटले पराजित गरेको छ। रोमान्चक खेलमा पहिले ब्याटिंग गर्दै यएईले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.१ ओभरमा लक्ष्य पुरा गर्यो। पढ्नुस नेपालको जितमा महत्वपूर्ण योगदान दिने ३ खेलाडीहरु को-को हुन् –

सन्दिप जोरा

युएईले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो २ विकेट ४५ रनमा गुमायो। त्यसपछि नेपालको मध्ये क्रमले टिमको स्कोरलाई अघि बढाउने जिम्मेवारी थियो।

सन्दिप जोराले जिम्मेवारी राम्रोसंग सम्हाले र तेश्रो विकेटको लागि कप्तान आसिफ शेखसंग ५९ रनको महत्वपूर्ण साझेदारी गरे। आसिफको विकेट पछि पनि जोराले रोहित पौडेलसंग चौथो विकेटको लागि महत्वपूर्ण ४९ रनको साझेदारी गर्दै जितको लागि आधार तयार गरे।

६७ रन बनाएर आउट भएका जोराले ७४ बलमा २ छक्का र ६ चौका प्रहार गरे र ठुलो लक्ष्य पछ्याउन महत्वपूर्ण योगदान दिए।

Sandeep Jora
Sandeep Jora

रासिद खान

२६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको इनिंगलाई रोहित पौडेल र सन्दिप जोराले सम्हाल्दै जितको आधार तयार गरे। तर अन्तिममा आक्रामक इनिंग तथा रोहितसंग साझेदारी गर्दै जितसम्म पुर्याउने काम रासिदले गरे।

छैठौं विकेट २१४ रनको योगफलमा गए पछि ब्याटिंग गर्न आएका रासिदले सातौँ विकेटको लागि रोहितसंग ५४ रनको साझेदारी गरे र अविजित रहँदै नेपाललाई जितसम्म पुर्याए।

अन्तिमको ओभरहरुमा नेपाललाई १० रन प्रतिओभर रन बनाउनु पर्ने अवस्था थियो त्यसबेला रासिदले मात्र १४ बलमा ३ छक्का प्रहर गर्दै २७ रनको योगदान दिए। अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै रासिदले टिमलाई प्रतियोगिताकै पहिलो जित चुमाए।

रासिदले ब्याटिंगमा मात्रै हैन बलिङ्गमा पनि २ महत्वपूर्ण विकेट निकालेका थिए। १० ओभरमा उनले १ मेडन ओभर उनले ५१ रन खर्चिए।

रोहित पौडेल 

कठिन अवस्थाबाट टिमलाई जितसम्म पुर्याउने परिचयनै बनाएका रोहितले पुनः त्यही काम गर्दै नेपालको जितमा शानदार इनिंग खेले।

युएईले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १५३ को स्कोरमा ४ विकेट गुमाईसकेको थियो। अर्धशतक बनाएका सन्दिप जोरा ६७ रन बनाएर भर्खरै आउट भएका थिए। यो अवस्थामा टिमलाई रोहितको भर थियो र जितको लागि ११६ रन अझै आवस्यकता थियो।

टिमको माथिल्लो क्रमका ब्याट्सम्यानहरु आउट भइसक्दा रोहितले तल्लो क्रमका पवन सर्राफ, अरुन ऐरि र रासिद खानसंग साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। अन्तिमको ५ ओभरमा ५३ रनको आवस्यकता हुँदा रोहितले आक्रामक ब्याटिंग गर्दै  ४६ औं र ४७ औं ओभरमा १/१ छक्का, ४९ औं ओभरमा १ छक्का र १ चौका प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए।

Player of the match - Rohit Paudel
Player of the match – Rohit Paudel

राष्ट्रिय टिमको लागि खेलीसकेका रोहितले खेल मात्रै जिताएनन् खेल जीवनकै सर्वाधिक स्कोर ९२ रन पनि बनाए। खेल जित्न मात्र १ रन बाँकी रहंदा रन आउट भएका उनले त्यस क्रममा ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

रोहितले यस क्रममा चौथो विकेटको लागि सन्दिप जोरासंग ४९, पाँचौ विकेटको लागि पवन सर्राफसंग, छैठौ विकेटको लागि अरुन ऐरिसंग १६ तथा सातौँ विकेटको लागि रासिद खानसंग ५४ रनको साझेदारी गरे।

रोहितनै खेलको प्लेयर द म्याच चुनिए र पुरस्कार स्वरुप २५० अमेरिकी डलर समेत प्राप्त गरे।

३ खेलाडी बाहेक नेपालको जितमा बलिङ्गतर्फ नन्दन यादब र पवन सर्राफले २/२ विकेट लिंदै युएईलाई बिशाल योगफलतर्फ जान रोके।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]