काठमाडौं । मलेसियाविरुद्धको टि२० आई सिरिज नेपालले जितेको छ ।
मलेसियामा बुधबार भएको सिरिजको पाँचौ खेलमा ५ विकेटको जित निकाल्दै नेपालले सिरिज जितेको हो । मलेसियाको बायोमास ओभलमा सिरिजको निर्णायक खेलमा १ सय ४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर रुबी पोदार २५ बलमा २ चौकाको सहयोगमा २६ रनमा आउट भइन् । उपकप्तान पुजा महतो २४ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भइन् ।
कविता कुँवर १४ र सम्झना खड्का १३ रनमा आउट भइन् । रुबिना क्षेत्री १५ रनमा नट आउट रहँदा कप्तान इन्दु बर्मा ८ रनमा आउट भइन् ।
मलेसियाका लागि ऐना हमिजा, नुर धानीया, नुर आल्या, एसा एलिसा र माहिरा इजातीले समान १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार गरेको थियो ।
मलेसिका लागि कप्तान समेत रहेकी विनीफ्रड दुराइ सिघंमले ४६ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४० रन बनाउँदै आउट भइन् ।
माहिरा इजाती १९ तथा ऐना हमिजा १५ रनमा आउट भइन् । नेपालका लागि राजमती ऐरी र कविता कुवँरले समान ३ तथा रचना कुमारी चौधरीले १ विकेट लिइन् । कविताले ३ विकेट नै अन्तिम ओभरमा लिएकी थिइन् ।
यसअघि सिरिजको पहिलो र तेस्रो खेल मलेसियाले दोस्रो र चौथो खेल नेपालले जितेको थियो ।
