नेपालको जितमा रोहितको शतक र सोमपालको पाँच विकेट

काठमाडौँ । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ। स्कोरकार्ड 

नेपालले अमेरिकी क्लब ह्युस्टन हरिकेन्सलाई नेपालले २९ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रन बनाएको थियो । यो खेलमा कप्तानी गरेका रोहित पौडेलले शतक प्रहार गरे। उनले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए।

यस्तै सुनिल धमलाले १३ रन बनाउँदा देव खनाल १९ रनमा पेभेलियन फर्किए। यस्तै दीपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा आरिफ शेखले ४१ रन बनाए। ​

बलिङमा मोहम्मद इलियासले पाँच विकेट लिए भने हरमित सिंहले दुई विकेट लिए।

२ सय ५१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो। उसका निनाद निम्बाल्कर ९९ रन बनाए।

बलिङमा सोमपाल कामीले पाँच विकेट लिए भने सागर ढकालले दुई विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy