दिपेन्द्र ऐरीको उत्कृस्ट इनिंग, नेपालको रोमान्चक जित

Dipendra Airee

(फिचर फोटो: फाइल)

  • विकेटनेपाल, माघ १८ – शुक्रबार

पछिल्लो समय खराब फर्मबाट जुझिरहेका दिपेन्द्र सिंह ऐरीले अविजित ४७ रन बनाएपछि नेपालले दोश्रो टि२० अन्तर्राष्ट्रिय खेलमा संयुक्त अरब इमिरेट्सलाई ४ विकेटले पराजित गरेको छ।

आफ्नो डेब्यु खेलमा नेदरल्यान्ड्स बिरुद्द गतबर्ष जुलाई २९ मा लर्ड्स मैदानमा बर्षाले गर्दा ब्याटिंग गर्न नपाएका ऐरीले हिजो भएको खेलमा ४ रन प्रहार गरेका थिए। यसअघि भएको युएईसँगकै एकदिवसीय सिरिज जितमा समेत मात्र ३ खेलमा १६ रन बनाएका थिए।

जितको लागि अन्तिम ओभरमा ७ रन आबश्यक रहेको अवस्थामा पहिलो बलमा पवन सर्राफ १८ रन बनाएर आउट भए। ऐरीले अर्को बलमा जाहुर खानलाई लंग-अनको माथिबाट छक्का प्रहार गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याए। त्यसपछि अफस्टम्पको बाहिरको बललाई अफसाइडमा प्रहार गर्दै चौका बटुले। उक्त चौका सँगै नेपालले ३ बल अगावै खेल आफ्नो पक्षमा पार्यो।

नेपाल हिजोदेखि सुरु भएको तिन खेलको सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएपछी १-० ले पछाडी परेको थियो।अन्तर्राष्ट्रिय टि२०मा १४ खेलबाट चौथो जित निकालेसँगै नेपालले जारि सिरिजमा १-१ को बराबरी गरेको छ। तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ। उक्त खेलको बिजेताले सिरिजमा कब्जा गर्ने छ।

नेपालको ब्याटिंग

युएईले दिएको १०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ रनको योगफलमा कप्तान पारस खड्कालाई गुमाएको थियो। खड्का गोल्डेन डकको सिकार बनेका थिए। लगत्तै ९ रनको स्कोरमा प्रदिप ऐरीपनि ८ रन (८ बल, १ चौका) आउट भएका थिए। ३५ रनको योगफलमा ज्ञानेन्द्र मल्ल (७ रन), ३९ रनको स्कोरमा करण केसी (२० रन) तथा ४६ रनको स्कोरमा सन्दिप जोरा (१ रन) आउट भएपछी नेपालले लय गुमाएको थियो।

तर दिपेन्द्र सिंह ऐरीले ४१ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित पवन सर्राफसँग मिलेर ९ ओभरमा ५४ रनको साझेदारी गरेपछि नेपालले जितको आधार तय गरेको थियो। सर्राफले डेब्यु खेलमा १८ रन बनाउन २५ बलमा २ चौका प्रहार गरे।

नेपालले अतिरिक्त १० रन पायो। बलिंगतर्फ युएईका लागि सुल्तान अहमदले २ विकेट लिन ४ ओभरमा ९ रन खर्चिए। मोहम्मद नाविद (४-०-१८-१), जाहुर खान (३.३-०-२३-१), इमरान हैदर (४-०-२५-१) र अमिर हयात (४-०-२७-१) ले समान १/१ विकेट लिएका थिए।

युएईको ब्याटिंग

आइसीसी एकेडेमीमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले खराब प्रदर्शन गर्दै १९.२ ओभरमा मात्र १०७ रनमा समेटिएको थियो। उसका लागि नबौ विकेटको रुपमा आउट हुनेक्रममा ओपनर सिपि रिजवानले ४४ रन बनाए। उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरेपनि अन्य ब्याट्सम्यानहरु चल्न नसक्दा घरेलु टिम सस्तैमा समेटिन पुग्यो।

त्यस्तै युएईको लागि सर्बाधिक धेरै रन बनाउने खेलाडीहरुमा सइमान अनवरले १४ रन तथा मोहम्मद बुथाले ११ रन क्रमश दोश्रो र तेस्रो स्थानमा रहे।

CP Rizwan returning back to pavilion.

घरेलु टिमलाई सस्तैमा समेट्न नेपालका लागि अविनास बोहराले ३ विकेट लिन २० रन खर्चिए। त्यस्तै सोमपाल कामिले सुरुवाती २ विकेट लिनेक्रममा ४ ओभरमा मात्र १५ रन खर्चिंदा सन्दिप लामिछानेले २ विकेटकै लागि १९ रन दिए। करण केसीले ३.३ ओभरमा २२ रन दिएर २ विकेट लिए।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]