१८ फोटोमा हेर्नुस युएई बिरुद्ध नेपालको बिशाल जित

  • विकेटनेपाल, माघ-१२ , शनिवार 

युएईलाई सिरिजको दोश्रो एकदिवसीयमा १४५ रनको बिशाल अन्तरले पराजित गर्दै नेपालले युएईसंग ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गर्यो। तेश्रो एकदिवसीय सोमबार खेलिनेछ।

खेलमा टस जितेर नेपालले ब्याटिंग गरेको थियो र युएईलाई २४३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले १९.३ ओभरमा ९७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको जितमा ब्याटिंग तर्फ रोहित पौडेलले करियरकै पहिलो अर्धशतक बनाउने क्रममा ५५ रन बनाए भने ज्ञानेन्द्र मल्लले ४४ रन बनाए। यस्तै बलिङ्गमा प्लेयर अफ द म्याच समेत चुनिएका सोमपाल कामिले ५ विकेट लिंदा सन्दिप लामिछानेले ४ विकेट लिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोश्रो जित हो। नेपालले गत वर्ष नेदरल्याण्डलाई १ रनले पराजित गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हाँसिल गरेको थियो।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो नेपालको जित :- 

( फोटोहरु – रमन शिवाकोटी )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy