१८ फोटोमा हेर्नुस युएई बिरुद्ध नेपालको बिशाल जित

Nepal Cricket Team
  • विकेटनेपाल, माघ-१२ , शनिवार 

युएईलाई सिरिजको दोश्रो एकदिवसीयमा १४५ रनको बिशाल अन्तरले पराजित गर्दै नेपालले युएईसंग ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गर्यो। तेश्रो एकदिवसीय सोमबार खेलिनेछ।

खेलमा टस जितेर नेपालले ब्याटिंग गरेको थियो र युएईलाई २४३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले १९.३ ओभरमा ९७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको जितमा ब्याटिंग तर्फ रोहित पौडेलले करियरकै पहिलो अर्धशतक बनाउने क्रममा ५५ रन बनाए भने ज्ञानेन्द्र मल्लले ४४ रन बनाए। यस्तै बलिङ्गमा प्लेयर अफ द म्याच समेत चुनिएका सोमपाल कामिले ५ विकेट लिंदा सन्दिप लामिछानेले ४ विकेट लिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोश्रो जित हो। नेपालले गत वर्ष नेदरल्याण्डलाई १ रनले पराजित गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हाँसिल गरेको थियो।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो नेपालको जित :- 

( फोटोहरु – रमन शिवाकोटी )





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]