- विकेटनेपाल, मङ्सिर १७
आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ तथा अन्तिम चरणको युएईसंगको खेलको लागि नेपाली टिम युएईमा रहेको छ।
६ र ८ डिसेम्बरमा युएईसंग खेल्नु अघि नेपाली टिमले अमेरिका र केन्यासंग २ वटा अभ्यास खेल खेल्यो। शुक्रबार सम्पन्न अभ्यास खेलमा नेपाल अमेरिकासंग ५ विकेटले पराजित हुन पुग्यो भने दोश्रो अभ्यास खेलमा आज केन्यालाई ६ विकेटले पराजित गर्यो। स्कोरकार्ड
खेलमा टस जितेर केन्यालाई नेपालले ब्याटिंगको निम्तो दियो। देब्रे हाते फास्ट बलर ललित सिंह भण्डारीले ४ तथा सन्दिप लामिछानेले २ विकेट हात पारेपछि केन्याले ११० रनमा सबै विकेट गुमाउन पुग्यो। जवाफमा नेपालले ६ विकेट गुमाई लक्ष २० औं ओभरमा पुरा गर्यो। दिपेन्द्र ऐरीले ४६ तथा खेलमा कप्तानी गरेका शरद भेसावकरले ३१ रन बनाउदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए।
दुवै अभ्यास खेलमा नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल खेलेनन् जसको सट्टा युवा खेलाडी कुशल भुर्तेल र अनिल शाहले दुवै खेलमा मौका पाए।
फोटोहरुमा हेर्नुस केन्या र नेपालको खेल
( सबै फोटो रमन शिवाकोटीले लिएका हुन् )