पवन सर्राफको अलराउन्ड प्रदर्शनमा नेपालको फराकिलो जित

  • विकेटनेपाल – २ बैशाख, सोमबार

आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ। प्रतियोगितामा नेपालको यो तेस्रो खेलमा दोस्रो जित समेत हो।

टस हारेर ब्याटिंग गर्दै मलेसियाले दिएको ९३ रनको झिनो लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ओपनर रित गौतमले अविजित ३९ रन तथा आसिफ शेखले २६ रनको योगदान गरे।

झिनो स्कोर पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो भयो। पहिलो विकेटका लागि ओपनर पवन सर्राफ र रित गौतममात्र ५.४ ओभरमा ४२ रन जोड्न सफल रहे। प्लेयर अफ दि म्याच समेत चुनिएका पवन १४ बलमा २ चौका र १ छक्का सहित १९ रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए।

पवनको विकेट पश्चात ब्याटिंगमा आएका आसिफ शेखले रितसंग दोस्रो विकेटका लागि आक्रामक ब्याटिंग गर्दै ४६ रनको साझेदारी गरे। जितका लागि मात्र ५ रन बाँकि रहंदा आफ्नो विकेट गुमाएका आसिफले १८ बलमा ३ चौका र १ छक्का सहित २६ रन जोडे।

अन्त्यमा कप्तान रोहित पौडेलले आफुले सामना गरेको पहिलो बलमानै छक्का प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए। रोहित १ बलमा ६ रन जोड्दै अविजित रहंदा रित गौतमले ४५ बलमा ५ चौका सहित अविजित ३९ रन जोडे।

नेपाली स्पिनरको कसिलो बलिंग :

यसअघि बायुमास ओभलमा टस जितेको नेपालले पहिले फिल्डिंग रोजेको थियो। पहिले ब्याटिंग गर्ने क्रममा मलेसियाले पहिलो ओभर देखि विकेट गुमाउन पुग्यो। १२ रनमा २ विकेट गुमाएपछि लेज्जत ड्यानीयलले एक किनार सम्हाले पनि मलेसियाको विकेट जाने क्रम रोकिएन ।

Pawan Sarraf

लेज्जत पनि २१ औं ओभरमा ३७ रन बनाएर कुशल मल्लको बलमा क्याच आउट हुँदा मलेसिया संकटमा पर्यो। पवन सर्राफ, कुशल मल्ल र सागर ढकालको स्पिनमा मलेसियाले खुलेर ब्याटिंग गर्न सकेन।

फलस्वरूप मलेसियाले ३३.५ ओभरमा ९२ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गमा पवन सर्राफ ( ८.५-१-१३-३ ) र कुशल मल्ल ( ८-२-२०-३ ) ले ३/३ विकेट लिए भने कमल ऐरिए २ ( ५-१-२२-२ ) र सागर ढकालले १ विकेट ( ८-१-१९-१ ) लिए।

विश्वकपमा छनोट हुने सम्भावना :

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले कम्तिमा प्रतियोगिताको बाँकी खेल जित्नै पर्छ भने युएईले कम्तिमा १ खेल हार्नु पर्नेछ। प्रतियोगिता अन्तर्गत नेपालले यस अघिको खेलहरुमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसंग १ रनले ( डी/एल मेथड ) पराजित भएको थियो।

सोमबारनै भएको अर्को खेलमा युएईले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। यससंगै अब नेपाललाई विश्वकपमा छनोट हुन युएईले आफ्नो खेल हार्नुपर्ने छ। प्रतियोगितामा बलियो देखिएको युएईले मंगलवार सिंगापुरको सामना गर्नेछ। नेपालले सबै खेल जित्दै युएईले ओमान र सिंगापुरसंग हारको कामना गर्नुपर्नेछ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]