दोश्रो टि-२० मा मलेसिया पराजित हुँदा उत्कृस्ट प्रदर्शन गर्ने ५ नेपाली खेलाडी

मलेसियालाई दोश्रो टि-२० अन्तर्राष्ट्रियमा ६ रनले पराजित गर्दै नेपालले पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ। किनरारा ओभल मैदानमा पहिले ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाएर १७३ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा मलेसियाले पुरै ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो।

नेपालको जितमा उत्कृस्ट प्रदर्शन गर्ने ५ खेलाडी

बिनोद भण्डारी :- माथिल्लो क्रमका ब्याट्सम्यानहरु आउट हुँदा १३ औं ओभरमा नेपाल ८८/४ को अवस्थामा पुगेको थियो। छैठौं नम्बरमा ब्याटिंग गर्न आएका बिनोदले ठुलो सटहरु खेल्दै योगफल ठुलो बनाउने जिम्मेवारी थियो। बिनोदले त्यही गरे। मात्र २५ बलमा अर्धशतक पुरा गर्ने क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे।

Binod Bhandari

खेलको प्लेयर अफ द म्याच समेत चुनिएका उनले अविजित ५१ रन बनाउने क्रममा उनले  इनिंगको अन्तिम ओभरमा २ वटा छक्का प्रहर गरे। बिनोदको आक्रामक इनिंग मदतले नेपालले अन्तिम १० ओभरमा १०३ रन बनाउन सक्यो। टि-२० अन्तर्राष्ट्रियमा बिनोदको यो पहिलो अर्धशतक हो भने नेपाली ब्याट्सम्यानको सबैभन्दा छिटो अर्धशतक।

शरद भेसावकर :- भिटामिन डीको कमीका कारण युएई टुर छुटाएका शरदले कमब्याक इनिंग खेल्ने क्रममा २८ बलमा ४ चौका र २ छक्का मदतले ४० रन बनाए। पारस खड्काको महत्वपूर्ण विकेट गुमे पछि पाँचौ नम्बरमा ब्याटिंग गर्ने क्रममा शरदले जिम्मेवारी राम्रोसंग सम्हाले। यस क्रममा उनले चौथो विकेटको लागि रोहित पौडेलसंग ४६ रनको तथा पाँचौ विकेटको लागि बिनोद भण्डारीसंग २९ रनको साझेदारी गरे। टि-२० अन्तर्राष्ट्रियमा शरदको यो व्यक्तिगत सर्वाधिक योगफल पनि हो। उनले बंगलादेश बिरुद्ध संग २०१४ टि-२० विश्वकपमा पनि ४० रननै बनाएका थिए।

Sharad Vesawkar
Sharad Vesawkar

सोमपाल कामि :- लक्ष्य पछ्याउने क्रममा एक समय मलेसिया ७७/१ को अवस्थामा थियो। सो अवस्थामा नेपाललाई लगातार विकेटको आवस्यकता थियो। सोमपालले अर्धशतक बनाएर ब्याटिंग गरिरहेका सयद अजिजको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। उनि त्यतिमै रोकिएनन्, १३ औं ओभरमा शफिक शरिफलाई पनि आउट गर्दै मलेसिया विकेटपटनको सुरुवात गरे। ४ ओभर बलिंग गर्ने क्रममा कामिले २५ रन दिएर २ विकेट लिए।

सन्दिप लामिछाने :- ४ ओभरमा ३८ रन खर्चिए पनि सन्दिपले महत्वपूर्ण २ विकेट पनि हात पारे। मलेसिया कप्तान अहमद फैज र अनवर र अरुदिनको विकेट लिंदै सन्दिपले मलेसिया मध्यक्रमलाई पेभेलियन फर्काउन महत्वपूर्ण भूमिका निभाए।

अविनाश बोहरा :- ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका अविनाशको विकेट संख्या कम देखिए पनि खेल जिताउन उनको भूमिका निकै महत्वपूर्ण रह्यो। उनले खेलको १८ औं र २० औं ओभर बलिंग गरेका थिए। १८ औं ओभरमा १० रन खर्चिएका उनले अन्तिम ओभरमा मलेसियालाई १४ रन आवस्यक रहंदा उत्कृस्ट बलिंग गरे।

Avinash Bohara
Avinash Bohara ( Photo – BBC )

अन्तिम ओभरको पहिलो बलमा १ रन र दोश्रो बलमा २ रन दिएका उनले त्यसपछि लगातर ३ बल डट गर्दै मलेसियाको जित खोसेका थिए। ओभरको अन्तिम बलमा चौका सहित उनले मात्र ७ रन खर्चिए र जितमा अहम योगदान दिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]