ओमानविरुद्ध नेपालको उत्कृस्ट जित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।

अमेरिका भ्रमणमा पहिलो जित निकालेसँगै नेपाल लिगको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग हारेको बदला समेत लिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।

ओमानले दिएको एक सय ६४ रनको विजय लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । आसिफले ६२ र कुशलले ५६ रन बनाए । दुवैको यो एकदीवसीय करियरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्।

पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गरे । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो । यस्तै रोहित पौडेलले अविजित २६ र देव खनालले १० रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित ६ रन जोडे । बलिङमा ओमानका फैज बटले दुई तथा खवर अलीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । सन्दीप गौडले ४७, जतिन्दर सिंहले २३ र नसिम खुसीले १० रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले पाँच विकेट लिए । कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । जितसँगै पाँचौं स्थानमा उक्लिएको नेपालले १५ खेलबाट १५ नै अंक बनाएको छ । लिगमा सबै ३६ खेल सकेको ओमान ४४ अंक सहित शीर्षस्थानमा यथावत छ ।

सिरिजको अन्तिम खेलमा नेपालले आजै (बुधबार) राति अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]