विश्वकप एसिया छनोट : नेपाललाई ‘गर या मर’को अवस्था

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतीयोगीता अन्तर्गत आज आफ्नो-आफ्नो अन्तिम खेलमा नेपाल र आयोजक युएई प्रतिस्पर्धा गर्दै छन्। आजै हंगकंगले प्रतियोगिताकै कमजोर टिम कुवेतसंग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएई बीच खेल ११:१५ बजे बिहान सुरु हुनेछ।

प्रतियोगितामा सहभागी ६ टोलि मध्ये एउटा टिम मात्र आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुने हुँदा नेपाल , युएई र हंगकंगलाई आजको खेलमा गर या मरको अवस्था छ। आजको खेल युएई, नेपाल र हंगकंग तिन वटै देशको लागि महत्वपूर्ण छ। तिन वटै देश शिर्ष स्थानमा पुग्ने सम्भावना छ।

प्रतियोगितामा ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको नेपाल ६ अंक सहित दोश्रो स्थानमा छ। अर्को तर्फ युएई भने ४ वटै खेल जित्दै ८ अंक सहित शिर्ष स्थानमा छ। तेश्रो नम्बरमा रहेको हंगकंगको पनि ४ खेलमा ३ जित र १ हार पछि ६ अंकनै छ।

नेपालले युएईलाई पराजित गरे तथा हंगकंगले कुवेतलाई पराजित गरे नेपाल, युएई र हंगकंगको समान ८ अंक हुनेछ। यो अवस्थामा नेट रन रेटमा अघि हुने टिम शिर्ष स्थानमा रही ग्लोबल छनोटमा पुग्नेछ।

नेपालको नेट रन रेट ( २.०८८ ) छ भने युएईको ( २.३९८ ) छ। युएई जितेको खण्डमा युएई स्वतः १० अंक सहित शिर्ष स्थानमा पुग्नेछ। नेपालको भन्दा युएईको नेट रन रेट ०.३१ रहेको हुँदा नेपालले थोरै अन्तरको जित दर्ता गरेता पनि नेट रन रेटमा युएईलाई पछि पार्न सक्छ। नेपालले पहिले ब्याटिंग गर्दै १२० रन बनायो र युएईले ११० रन बनायो भने नेपाल नेट रन रेटमा अघि हुनेछ। यदी युएईले पहिले ब्याटिंग गर्दै १२० रन बनायो र नेपालले उक्त लक्ष्य १८.४ ओभरसम्ममा भेटायो भने पनि नेपालले नेट रन रेटमा युएईलाई जित्नेछ।

अर्कोतर्फ हंगकंगले कमजोर टिम कुवेतको सामना गर्ने हुँदा हंगकंगको पनि शिर्ष स्थानमा पुग्ने सम्भावना प्रवल छ। यदी नेपालले युएईलाई पराजित गर्यो र हंगकंगले ठूलो अन्तरले कुवेतलाई पराजित गरे हंगकंग पनि शिर्ष स्थानमा आउन सक्छ। हाल हंगकंगको नेट रन रेट ०.४४७ छ। प्रतियोगितामा कुवेतले बनाएको सर्वाधिक योगफल ८० रन हो जुन जुन मलेसियासंग बनाएको थियो। कुवेतले युएईसंग ७६ रन बनाएको थियो भने भुटानसंग ७४ रन बनाउदा नेपालसंग २७ रन बनाएको थियो। कुवेतले कमजोर प्रदर्शन गरेको खण्डमा नेपालले युएईलाई पराजित गरेता पनि हंगकंगले नेट रन रेटमा नेपाल र युएईलाई पछि पार्न सक्छ।

त्यसैले नेपालले युएईलाई ठूलो अन्तरले पराजित गर्दै हंगकंगले ठूलो जित हात नपारोस् भन्ने कामना नेपाली टिमले गरेको छ। हंगकंग र कुवेतको खेल नेपाल र युएई भन्दा पछि रहेको हुँदा नेपाल र युएईको खेलपछि हंगकंगको शिर्ष स्थान पुग्ने समीकरण स्पस्ट हुनेछ।

नेपाल र युएई बीच इतिहासको कुरा गर्ने हो भने। पछिल्लो दुई टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले युएईलाई ६ विकेट र ७ विकेटले पराजित गरेको थियो। एक खेलमा युएईले दिएको १०६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर भेटाएको थियो भने अर्को खेलमा युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy