थाईल्याण्ड टि-२० स्म्यास खेल्ने १४ सदस्यीय नेपाली महिला टोलिको घोषणा

  • विकेटनेपाल, पुष २५ , बुधबार 

थाईल्याण्डमा यही जनवरी १२ देखि १८ तारिकसम्म आयोजना हुने थाईल्याण्ड वुमेन्स टी-ट्वान्टी स्म्याश २०१९ प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली महिला राष्ट्रिय टिमको घोषणा भएको छ।

प्रतियोगिताको लागि सहभागिता जनाउन नेपाली टिम जनवरी ११ तारिकमा थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपाल सहित प्रतियोगितामा भुटान, हंगकंग, युएई, चिन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिको सहभागिता रहनेछ। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिनेछ। नेपाल रहेको समुहमा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। दुवै समुहमा एक अर्का बीच १/१ खेल खेलीसकेपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले जनवरी १२ तारिकमा चिनको सामना गर्नेछ भने १३ तारिकमा मलेसियाको, १४ तारिकमा युएईको १६ तारिकमा थाईल्याण्ड ए टिमको सामना गर्नेछ।

१४ सदस्यीय नेपाली महिला टिमको घोषणा 

नियमित कप्तान रुबिना क्षेत्रीको कप्तानी रहने नेपाली टोलिमा उपकप्तान सिता राना मगर रहेकी छिन्। यस्तै सिनियर महिला राष्ट्रिय टिममा पहिलो पटक आरति बिडारी, कविता कुँवर, डली भट्ट, बिन्दु रावलले स्थान बनाएका छन्। रितु कनौजिया, सुमन बिस्ट र सबनम राईलाई बैकल्पिक खेलाडीको सुचीमा राखिएको छ।

Dolly Bhatta
Dolly Bhatta

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप कप्तान ) , करुना भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

अतिरिक्त खेलाडी – रितु कनौजिया, ,सुमन बिस्ट, सबनम राई

सपोर्ट स्टाफ – बिनोद दास ( प्रशिक्षक )  अमृता पौडेल ( टिम व्य्बस्थापक ) , सकुना दानी ( फिजीयो )

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९ मा सहभागिता जनाए पछि नेपाली महिला टिमले फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमानै आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिता खेल्नेछ।


महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy