बिश्वकप छनौट ( एसिया ) खेल्न नेपाली महिला टिमले तयारी थाल्दै

Nepal Womens Cricket Team
  • विकेटनेपाल, पौष-१ , आइतबार

फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमा आयोजना हुने आईसीसी महिला बिश्व कप छनौट एसिया प्रतियोगितामा सहभागिता जनाउने नेपाली महिला क्रिकेट टिमले यसै साता बुधबार डिसेम्बर १९ ( पुष ४ गते ) देखि तयारी सुरु गर्ने भएको छ।

यस्तै नेपाली महिला टिमले महिला बिश्व कप छनौट एसियाको तयारीको रुपमा जनवरी १२ देखि थाईल्याण्डमा आयोजना हुने ‘थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९’ प्रतियोगितामा समेत सहभागी जनाउने भएको छ।

नेपाली क्रिकेट टिमका ब्यबस्थापक रमन शिवाकोटीद्वारा आइतबार जारि प्रेस बिज्ञप्ति मार्फत थाईल्याण्डमा हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको जानकारी गराएका हुन्। प्रतियोगिताको लागि अभ्यास सुरु हुने भएता पनि खेलाडी छनौट कसरि गर्ने भने बिज्ञप्तिमा उल्लेख गरिएको छैन। यस अघि नेपाली यु-१९ टिमको छनौट गर्न ट्यालेन्ट हन्ट अर्थात् प्रतिभा खोजि कार्यक्रम आयोजना गरिंदै आएको छ।

Karuna Bhandari
Karuna Bhandari

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

अन्तिम पटक नेपाली महिला टिमले पछिल्लो पटक गत बर्ष नोभेम्बरमा थाईल्याण्डमा सम्पन्न महिला टि-२० बिश्वकप छनौट एसिया क्षेत्र प्रतियोगितामा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गर्दै ग्लोबल टि-२० विश्वकपमा छनौट हुन असफल भएको थियो। त्यस प्रतियोगितामा थाईल्याण्ड पहिलो र युएई दोश्रो हुँदै दोश्रो चरण प्रवेश गरेको थियो।

थाईल्याण्ड वुमेन्स टि-२० प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, इन्डोनेसिया, मलेसिया, तान्जानिया, थाईल्याण्ड,  एसएल नेभी, कुवेत, नेपाल र नामिबियाको महिला टिमले सहभागिता जनाउदै छन्।

महिला टिमले पछिल्लो पटक २०१७ नोभेम्बरमा महिला टि-२० बिश्वकप छनौट एसिया क्षेत्र प्रतियोगितामा सहभागिता जनाएको थियो।

सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिनेछ। नेपाल रहेको समुहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुवेत रहेका छन्।

नेपालले जनवरी १२ तारिकमा तान्जानियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने जनवरी १४ तारिकमा नामिबियासंग, जनवरी १५ तारिकमा इन्डोनेसियासंग तथा जनवरी १६ तारिकमा कुवेतसंग प्रतिस्पर्धा गर्नेछ। समुह चरणमा एक टिमले अर्को टिमसंग खेलीसकेपछि दुवै समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]