नेदरल्यान्ड्सविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा आज (मंगलबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेलमा नेपालले नेदरल्यान्ड्ससँग तेह्रौं पटक खेल्दैछ । यो नेपालले कुनै पनि एक देशसँग खेलेको सर्वाधिक धेरै टी-२० खेल हुनेछ । यस भन्दा अघि नेपाल र नेदरल्यान्ड्सबीच भएको १२ टी-२० आई खेलमा नेदरल्यान्ड्स ६ खेलमा विजयी हुँदा नेपालले ५ खेल जितेको छ भने एक खेल नतिजाबिहिन रुपमा सकिएको छ ।

टी-२० आईमा कीर्तिमानी रुपमा खेलेका नेपाल र नेदरल्यान्ड्सले विश्वकपको मन्चमा भने पहिलो पटक खेल्दै छन् । नेपाल र नेदरल्यान्ड्सको पछिल्लो भेट टियु मैदान कीर्तिपुरमा भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो भेट

नेपाल, नामिबिया र नेदरल्यान्ड्स रहेको त्रिदेशीय टी-२० आई सिरिजको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्सको खेल भएको थियो । फाइनल खेल नेपालले ४ विकेटले गुमाएको थियो । नेपालले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेपालका लागि सो खेलमा ओपनर आसिफ शेखले ३७ बलमा ४७ तथा गुलसन झाले २५ बलमा ३४ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि टिम भार डेर गुन्टेन, फ्रेड केल्सन, माइकल लेभिट र साईब्रान्ड एगंलब्रेथले समान दुई दुई विकेट लिएका थिए ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा नेपाल र नेदरल्यान्ड्सको अलावा दक्षिण अफ्रिका, श्रीलंकाका र बंगलादेश तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]