विश्वकपमा नेपालको बाँकी खेल तालिका यस्तो

२०८१ जेष्ठ २३, बुधबार ११:४९

काठमाडौं । नेपालले अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना जारी टी-२० नवौं संस्करणको विश्वकपमा अब तीन खेल्न बाँकी छ ।

नेपाल दोस्रो पटक विश्वकपमा सहभागीता जनाईरहेको छ । नेपालले मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गरेको थियो । पहिलो खेल नेपालले छ विकेटले गुमाएको थियो । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy