नेपाल-११ र धनगढी-११ बीच हुने खेलको लागि यस्तो हुनेछ टिम

  • विकेटनेपाल, २२ चैत 

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल ११ र धनगढी ११ टिमकाे घाेषणा गरिएकाे छ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगकाे सहकार्यमा टाेलीकाे घाेषणा गरेकाे हाे।

डिपिएलकाे उद्घाटन खेलमा नेपाल ११ काे कप्तानी पारस खड्काले गर्नेछन् भने धनगढी ११ काे कप्तानी पदम केसीले गर्नेछन्। केसी पूर्व राष्ट्र्रिय खेलाडी पनि हुन। उनले यसअघि डिसिएल ३ काे च्याम्पियन टिम चाैराहाकाे कप्तानी समेत गरेका थिए।

नेपाल ११ काे टिममा पारससँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गाैचन, बसन्त रेग्मी, साेमपाल कामी, सागर पुन, बिनाेद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब अालम,अबिनाश कर्ण, अाशिफ सेख, अारिफ सेख र सुशान भारी छन्। टिमकाे मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापककाे जिम्मेवारी रमन शिवाकाेटीले निभाउने छन्।

त्यस्तै, धनगढी ११ काे टिममा केसीसँगै सुनिल धमला, दीपेन्द्र सिंह एेरी, राजु रिजाल, भुवन कार्की जुस्ता राष्ट्रिय खेलाडीहरू छन्। उनीहरूसँगै बिजय राना, अायुब चन्द, नारायण जाेशी, बिक्रम ठगुन्ना, राेमन बम, राेशन अधिकारी, लाेकेश बम, बिपिन रावल र अमित पडालले धनगढी ११ काे प्रतिनिधित्त गर्ने भएका छन्।

नेपाली राष्ट्रिय टिम र धनगढी ११ वीच हुने खेलकाे खर्च कटाएर बचेकाे रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रिम फाप्ला) लाई हस्तान्तरण गरिने अायाेजक धनगढी क्रिकेट एकेडेमीले जनाएकाे छ। साे दिनकाे टिकट रकम १ सय रूपैया कायम गरिएकाे छ।

चैत २७ गतेबाट सुरू हुने प्रतियाेगिताकाे उद्घाटन खेलमै दुवै टाेली भिड्न लागेका हुन्। प्रतियाेगितामा देशका विभिन्न ६ वटा शहरहरूले प्रतिस्पर्धा गर्नेछन्। देशकै सर्बाधिक पुरस्कार राशीकाे अक्सनमा अाधारित प्रतियाेगिताकाे विजेताले १५ लाख तथा उपविजेताले ७ लाख रूपैया पाउनेछन्।

नेपाल ११ : पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनाेद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब अालम,अबिनाश कर्ण, अाशिफ सेख, अारिफ सेख र सुशान भारी

धनगढी ११ : पदम केसी ( कप्तान ) , सुनिल धमला, दीपेन्द्र सिंह एेरी, राजु रिजाल, भुवन कार्की, बिजय राना, अायुब चन्द, नारायण जाेशी, बिक्रम ठगुन्ना, राेमन बम, राेशन अधिकारी, लाेकेश बम, बिपिन रावल र अमित पडाल

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]