नेपाल-११ र धनगढी-११ बीच हुने खेलको लागि यस्तो हुनेछ टिम

२०७३ चैत्र २२, मंगलवार ००:००

  • विकेटनेपाल, २२ चैत 

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल ११ र धनगढी ११ टिमकाे घाेषणा गरिएकाे छ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगकाे सहकार्यमा टाेलीकाे घाेषणा गरेकाे हाे।

डिपिएलकाे उद्घाटन खेलमा नेपाल ११ काे कप्तानी पारस खड्काले गर्नेछन् भने धनगढी ११ काे कप्तानी पदम केसीले गर्नेछन्। केसी पूर्व राष्ट्र्रिय खेलाडी पनि हुन। उनले यसअघि डिसिएल ३ काे च्याम्पियन टिम चाैराहाकाे कप्तानी समेत गरेका थिए।

नेपाल ११ काे टिममा पारससँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गाैचन, बसन्त रेग्मी, साेमपाल कामी, सागर पुन, बिनाेद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब अालम,अबिनाश कर्ण, अाशिफ सेख, अारिफ सेख र सुशान भारी छन्। टिमकाे मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापककाे जिम्मेवारी रमन शिवाकाेटीले निभाउने छन्।

त्यस्तै, धनगढी ११ काे टिममा केसीसँगै सुनिल धमला, दीपेन्द्र सिंह एेरी, राजु रिजाल, भुवन कार्की जुस्ता राष्ट्रिय खेलाडीहरू छन्। उनीहरूसँगै बिजय राना, अायुब चन्द, नारायण जाेशी, बिक्रम ठगुन्ना, राेमन बम, राेशन अधिकारी, लाेकेश बम, बिपिन रावल र अमित पडालले धनगढी ११ काे प्रतिनिधित्त गर्ने भएका छन्।

नेपाली राष्ट्रिय टिम र धनगढी ११ वीच हुने खेलकाे खर्च कटाएर बचेकाे रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रिम फाप्ला) लाई हस्तान्तरण गरिने अायाेजक धनगढी क्रिकेट एकेडेमीले जनाएकाे छ। साे दिनकाे टिकट रकम १ सय रूपैया कायम गरिएकाे छ।

चैत २७ गतेबाट सुरू हुने प्रतियाेगिताकाे उद्घाटन खेलमै दुवै टाेली भिड्न लागेका हुन्। प्रतियाेगितामा देशका विभिन्न ६ वटा शहरहरूले प्रतिस्पर्धा गर्नेछन्। देशकै सर्बाधिक पुरस्कार राशीकाे अक्सनमा अाधारित प्रतियाेगिताकाे विजेताले १५ लाख तथा उपविजेताले ७ लाख रूपैया पाउनेछन्।

नेपाल ११ : पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनाेद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब अालम,अबिनाश कर्ण, अाशिफ सेख, अारिफ सेख र सुशान भारी

धनगढी ११ : पदम केसी ( कप्तान ) , सुनिल धमला, दीपेन्द्र सिंह एेरी, राजु रिजाल, भुवन कार्की, बिजय राना, अायुब चन्द, नारायण जाेशी, बिक्रम ठगुन्ना, राेमन बम, राेशन अधिकारी, लाेकेश बम, बिपिन रावल र अमित पडाल

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy