कुशलले पछि पारे रोहितलाई

२०८० फाल्गुन ३०, बुधबार ०९:४२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले भारतीय कप्तान रोहित शर्मालाई पछि पारेका छन् ।

कुशलले मंगलबार पपुवा न्युगिनी(पीएनजी) सँगको खेलमा १ हजार रन पूरा गरेसँगै भारतीय कप्तान शर्मा लगायत धेरै ठूला नाम गरेका खेलाडीलाई पछि पारेका छन् । कुशलले १ हजार रन पूरा गर्न ३५ ईनिङ लगाएका थिए । भारतीय कप्तान शर्माले भने ४० ईनिङमा यो सफलता प्राप्त गरेका थिए ।

कुशलले अष्ट्रेलियाका ग्लेन म्याक्सवेल तथा डेविड वार्नर लगायतका चर्चित खेलाडीलाई पछि पारेका छन् ।

नेपालको लागि टी-ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने भुर्तेल दोस्रा खेलाडी हुन् । यस अघि दीपेन्द्रसिंह ऐरीले १ हजार रन पूरा गरिसकेका छन् । ऐरीले ३४ ईनिङमा हजार रन पूरा गरेका थिए ।

नेपालका लागि ओडिआई र टी-ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने भुर्तेल पहिलो खेलाडी हुन् ।

कुशलले टी-ट्वान्टी आईमा ८ अर्धशतक र १ शतक प्रहार गरेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy