सागर पुन र आशिफ शेखको प्रदर्शनमा क्वालालम्पुरको चौथो जित

  • विकेटनेपाल, असार ३१ – आइतबार

नेपाली खेलाडीद्वय सागर पुन र आशिफ शेखले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारि मलेसियन प्रिमियर लिगमा क्वालालम्पुर टिमले लगातार चौथो जित हात पारेको छ।

सागर पुनले ४६ रनको पारि खेल्नेक्रममा ३६ बलमा ७ चौका सहित १ छक्का प्रहार गरेका थिए १ विकेट हात पार्नेक्रममा १० ओभरमा किफायती बलिंग गर्दै २ मेडन सहित ३० रन खर्चेका थिए। यस्तै आशिफ शेखले ४४ रनको पारि खेल्न ४५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए भने विकेट किपिंग गर्दा १ रन आउट सहित २ वटा क्याच लिएका थिए।

क्वालालम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मलेसियन आर्म्ड फोर्सले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन बनाएको थियो। उसका लागि सुहारिल फेत्रीले ४४ रन (९५ बल, ५ चौका), अब्दुल रशिदले ३२ रन (५३ बल, ४ चौका) बनाउँदा २६ अतिरिक्त रन पाएको थियो। उसलाई सामान्य स्कोरमा रोक्न म्यान अफ द म्याच समेत घोषित विरन्दीप सिंहले ९.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए।

जवाफमा १६७ रनको लक्ष्य पछ्याएको क्वालालम्पुरले सागर पुन र आशिफ शेखको प्रदर्शनमा ३३.४ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। दुबै ब्याट्सम्यान अर्ध-शतकबाट चुके। यस्तै विरन्दीप सिंहले अविजित ३२ रन बनाए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy