सागर पुन र आशिफ शेखको प्रदर्शनमा क्वालालम्पुरको चौथो जित

  • विकेटनेपाल, असार ३१ – आइतबार

नेपाली खेलाडीद्वय सागर पुन र आशिफ शेखले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारि मलेसियन प्रिमियर लिगमा क्वालालम्पुर टिमले लगातार चौथो जित हात पारेको छ।

सागर पुनले ४६ रनको पारि खेल्नेक्रममा ३६ बलमा ७ चौका सहित १ छक्का प्रहार गरेका थिए १ विकेट हात पार्नेक्रममा १० ओभरमा किफायती बलिंग गर्दै २ मेडन सहित ३० रन खर्चेका थिए। यस्तै आशिफ शेखले ४४ रनको पारि खेल्न ४५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए भने विकेट किपिंग गर्दा १ रन आउट सहित २ वटा क्याच लिएका थिए।

क्वालालम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मलेसियन आर्म्ड फोर्सले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन बनाएको थियो। उसका लागि सुहारिल फेत्रीले ४४ रन (९५ बल, ५ चौका), अब्दुल रशिदले ३२ रन (५३ बल, ४ चौका) बनाउँदा २६ अतिरिक्त रन पाएको थियो। उसलाई सामान्य स्कोरमा रोक्न म्यान अफ द म्याच समेत घोषित विरन्दीप सिंहले ९.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए।

जवाफमा १६७ रनको लक्ष्य पछ्याएको क्वालालम्पुरले सागर पुन र आशिफ शेखको प्रदर्शनमा ३३.४ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। दुबै ब्याट्सम्यान अर्ध-शतकबाट चुके। यस्तै विरन्दीप सिंहले अविजित ३२ रन बनाए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]