- विकेटनेपाल, बैशाख १० – कोहलपुर
आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको फाइनलमा एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन्। प्रतियोगिताको फाइनल खेल बुधबार ११ बजे खेलिने कार्यक्रम रहेको छ।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सोमबार भएको २ वटा खेलमा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाजले जित दर्ता गर्यो।यो संगै प्रतियोगिताको लिग चरणको सम्पूर्ण खेलहरु सकिएको छ। लिगको खेलहरु पछि अंक तालिकामा ५ खेलमा ४/४ वटा जित र १/१ हार बेहोरेको दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज नेट रन-रेटको आधारमा पहिलो र दोश्रो स्थानमा रहे। लुम्बिनी यात्रिज र बर्दिया टाइगर्सले ५ खेलमा समान ३ जित र २ हार बेहोर्दै ६ अंक बटुल्न सक्यो र नेट रन रेटमा तेश्रो र चौथो स्थानमा रह्यो। १ जित र ४ हार बेहोरेको बाँके ब्लास्टर्स पाँचौ र ५ वटै खेलमा हार बेहोरेको पाल्पा योद्धाजले पुछारमा यात्रा समाप्त गर्यो।
पहिलो खेलमा दंगालीको सहज जित
दिनको पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको पाल्पाले २० ओभरमा ७ विकेट गुमाएर ११३ रनको योगफल तयार गर्यो। उसको लागि प्रकाश केसीले सर्वाधिक ३० रन तथा अनुपम सिंहले २३ रन बनाए। दंगालीका बलर सन्दिप सुनार र शहिद अन्सारीले समान २/२ विकेट लिए।
११४ रनको लक्ष्य दंगाली गोर्खाजले १४.४ रनमै ३ विकेट गुमाएर पुरा गर्यो। प्लेयर अफ द म्याच समेत चुनिएका शदाब अन्सारी अविजित ५० रन प्रहार गर्दै टिमलाई सहज जित दिलाए। ३३ बल सामना गरेका शदाबले ३ छक्का र ५ चौका प्रहार गरे। मनोज सुनारले २१ तथा सद्दाम हुसेनले १७ रन योगदान दिए।
दोश्रो खेलमा बर्दियाको उत्कृस्ट जित
टस हारेर पहिले ब्याटिंग गरेको लुम्बिनी यात्रिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो। १७२ रनको लक्ष्य बर्दियाले १९.२ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिंग गरेका राजबिर सिंहले सर्वाधिक ६९ रन बनाए जुन क्रममा ४५ बलमा ५ छक्का र ७ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डेले पनि मात्र २२ बलमा २ चौका र ७ चौका मदतले ४८ रन बनाए भने आकास बिस्टले ३ छक्का र ३ चौकानै मदतले २२ बलमा अविजित ३५ रन बनाएर टिमलाई जितसम्म डोर्याए।

यस अघि लुम्बिनी यत्रिजले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो। उसका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ३२ बलमा ३ छक्का र ४ चौका प्रहार गरे। यस्तै सुरज दराईले ३१, आदील खानले ३०, र बसिर अहमदले २४ रन बनाए। बर्दिया बलर आकाश बिस्ट, जितेन्द्र ठकुरी र भारत थापाले समान २/२ विकेट आफ्नो नाम गरे।
खेलको प्लेयर अफ द म्याच राजबिर सिंह चुनिए। स्कोरकार्ड हेर्नुस