नेपाल सरकारले नेपाली क्रिकेट टोलीलाई सम्मान गर्ने

  • विकेटनेपाल – ७ फाल्गुन, सोमबार

नामिबियामा केहि दिन अघि सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनौटमा स्थान बनाएको नेपाली क्रिकेट टोलिलाई नेपाल सरकारले सम्मान गर्ने भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले डिभिजन-२ मा दोस्रो स्थान हाँसिल गर्दै विश्वकप छनौटमा स्थान बनाएको नेपाली टोलिका सदस्य खेलाडी र प्रशिक्षकलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले खेलाडी र प्रशिक्षकलाई हौसला वृद्धिका लागि पुरस्कार स्वरूप जनही ३-३ लाख प्रदान गर्ने घोषणा समेत गरेका छन्।

यता मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि सरकारले दिने पुरस्कारमा १-१ लाख रुपैयाँ थप गर्ने घोषणा गरेको छ। एकेडेमीका बिनोद श्रेष्ठले सरकारले दिने पुरस्कार राशिमा एकेडेमीले प्रति खेलाडी रु १ लाखका दरले थप गर्ने घोषणा गरेका हुन्।

नेपाल आउँदो मार्च ४ देखि २५ सम्म जिम्बावेमा हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा सहभागी हुँदै छ। नामिबियामा सम्पन्न डिभिजन-२ को फाईनलमा युएईसंग ७ रनले पराजित हुँदै उपविजेता उपविजेता बनेको नेपाल छनौट प्रतियोगिताको समूह “बि” मा परेको छ। आईसीसी बिश्वकप छनौटबाट उत्कृस्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्व कप खेल्न छनौट हुनेछ। आईसीसीले प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउने बताएको छ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]