‘निर्वाणा’ नेपाली राष्ट्रिय टिमको अधिकारिक फिटनेस सेन्टर

  • विकेटनेपाल – १३ बैशाख, शुक्रवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले निर्वाणा वेलनेस सेन्टरसंग आधिकारिक फिटनेस सेन्टरका रुपमा सम्झौता गरेको छ। शुक्रवार नेपाली क्रिकेट टोली र निर्वाणा बिच सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र निर्वाणा वेलनेस सेन्टरका संचलाक राजन शाहीले हस्ताक्षर गर्नुभयो। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा राष्ट्रिय टोलीका व्यवस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी तथा वेलनेस सेन्टरका फिटनेस तथा पर्सनल ट्रेनिग डिरेक्टर मिलन बिक्रम सिजापतिको समेत उपस्थिति रहेको थियो।

सम्झौता अनुरुप आगामी २ बर्षसम्म निर्वाणाले नेपाली राष्ट्रिय टोलीको आधिकारिक फिटनेस सेन्टरका रुपमा काम गर्नेछ। नेपाली टोलीले पछिल्लो ४ बर्ष यता निर्वाणा वेलनेस सेन्टरमा फिटनेस अभ्यास गर्दै आएको थियो।

 

एकपटकमा ६० जनाले फिटनेस अभ्यास गर्ने सक्ने वेलनेस सेन्टर देशकै सबैभन्दा ठूलो फिटनेस सेन्टर मध्येको एक रहेको छ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]