‘निर्वाणा’ नेपाली राष्ट्रिय टिमको अधिकारिक फिटनेस सेन्टर

  • विकेटनेपाल – १३ बैशाख, शुक्रवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले निर्वाणा वेलनेस सेन्टरसंग आधिकारिक फिटनेस सेन्टरका रुपमा सम्झौता गरेको छ। शुक्रवार नेपाली क्रिकेट टोली र निर्वाणा बिच सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र निर्वाणा वेलनेस सेन्टरका संचलाक राजन शाहीले हस्ताक्षर गर्नुभयो। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा राष्ट्रिय टोलीका व्यवस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी तथा वेलनेस सेन्टरका फिटनेस तथा पर्सनल ट्रेनिग डिरेक्टर मिलन बिक्रम सिजापतिको समेत उपस्थिति रहेको थियो।

सम्झौता अनुरुप आगामी २ बर्षसम्म निर्वाणाले नेपाली राष्ट्रिय टोलीको आधिकारिक फिटनेस सेन्टरका रुपमा काम गर्नेछ। नेपाली टोलीले पछिल्लो ४ बर्ष यता निर्वाणा वेलनेस सेन्टरमा फिटनेस अभ्यास गर्दै आएको थियो।

 

एकपटकमा ६० जनाले फिटनेस अभ्यास गर्ने सक्ने वेलनेस सेन्टर देशकै सबैभन्दा ठूलो फिटनेस सेन्टर मध्येको एक रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy