नेपाली राइनोजले इमराल्ड कप खेल्ने, रस्टि थेरोन सहित आईपीएल र पाकिस्तान क्रिकेटर टिममा

  • विकेटनेपाल, १ भदौ 

गत बर्ष नोभेम्बरमा अमेरिकामा सम्पन्न टु-एक्स क्रिकेट युएसए कपको उपाधि जित्दै चर्चा कमाएको नेपाली राइनोज क्रिकेट क्लबले सेप्टेम्बर १ देखि अमेरिकाको सीएटलमा सुरु हुने इमराल्ड कपमा सहभागिता जनाउने भएको छ l

पारस खड्का सहित ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, पृथु बास्कोटा, सिद्धान्त लोहनी गरि ८ जना क्रिकेटरहरुलाई अमेरिका लैजादैं ६० हजार डलर पुरस्कार राशीको प्रतियोगिताको उपाधिनै जितेको अमेरिकामा स्थापित नेपाली राइनोज क्लबले पुनः अर्को सहभागिता जनाउन लागेको हो l

बिजेताले १५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने इमरल्याण्ड कप प्रतियोगितामा राइनोजले पुनः उत्कृस्ट टिम मैदानमा उतार्नेछ l अमेरिकाको प्रतिष्ठित क्लबहरुले सहभागिता जनाउने प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान र बलरले ५ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् l

राइनोजले पारस खड्का ८ रास्ट्रिय क्रिकेटरहरुलाई अमेरिका लैजादैं ६० हजार डलर पुरस्कार राशीको टु-एक्स क्रिकेट युएसए कप प्रतियोगिताको उपाधिनै जितेको थियो l

टु-एक्स युएसए कप खेलेका पारस, ज्ञानेन्द्र, बसन्त, शरद जस्ता खेलाडी आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहने हुनाले यसपाली टिममा हुने छैनन् l सिद्धान्त लोहनी , सुबास खकुरेल घाइते भएका कारण प्रतियोगिताको लागि उपलब्ध छैनन् l जसकारण प्रतियोगिताको लागि नेपालबाट खेलाडीहरु ल्याउन नसकीएको क्लबका सदस्य आशिक लामाले विकेटनेपाललाई जानकारी गराएका छन् l

त्यसका बबजुत राइनोजको प्रतियोगिता जित्ने उद्देश्य सहित उत्कृस्ट टिम मैदानमा उतार्ने योजना बनाएको लामाले बताए l

टु-एक्स युएसए कप जित्दा  टिमको महत्वपूर्ण सदस्य रहेका दक्षिण अफ्रिकी रास्ट्रिय क्रिकेटर रस्टि थेरोन पुनः टिमको महत्वपूर्ण हिस्सा हुनेछन् l

क्रमशः नजफ शाह, रस्टि थेरोन र सन्नी सोहल

टिममा अझ बलियो बनाउन किंग्स ११ पन्जाब, रोयल च्यालेन्जर्स बेंगलोर तथा डेक्कन चार्जर्सबाट आईपीएल खेलीसकेका तथा भारतीय यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहीसकेका सन्नी सोहललाई भर्खरै अनुबन्ध गरिएको छ l सोहल दायाँ-हाते ब्याट्सम्यान हुन् l

त्यति मात्रै हैन पाकिस्तानी रास्ट्रिय क्रिकेटर रहीसकेका देब्रे हाते तिब्र गति बलर नजफ शाहले समेत राइनोजको प्रतिनिधित्व गर्ने पक्का भएको छ l अर्का पाकिस्तानी प्रथम श्रेणी क्रिकेटर मोहम्मद फारुखले पनि राइनोजको लागि खेल्नेछन् l

त्यसबाहेक २ जना अमेरिका यु-१९ रास्ट्रिय क्रिकेटरहरु केशब पब्बीसेट्टी र कार्तिक गटेपल्ली समेत टिममा रहने लामाले बताएका छन् l हाल अमेरिकाको प्रमुख प्रशिक्षक रहेका पुबुदु दासानायकेको रोजाइका दुई युवा क्रिकेटर टिममा मौका दिईएको हो l

कनिस्क चौगाईंको इन्ट्री 

६ जना अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेलाउने निश्चित गरेको राइनोज टिममा अन्य खेलाडीहरु अमेरिकामा बसोबास गर्ने नेपाली खेलाडीहरु हुनेछन् l

पुर्ब यु-१९ नेपाली रास्ट्रिय क्रिकेटर बरदान चालिसेले टिमको कप्तानी सम्हाल्नेछन् l यस्तै टु-एक्स युएसए कपमा टिममा रहेका सागर पन्त, राकेश कारण, आशिक लामा टिममा हुनेछन् l

पुर्ब नेपाली रास्ट्रिय क्रिकेटर कनिस्क चौगाईंले समेत क्लबको लागि महत्वपूर्ण खेलाडी हुने भएका छन् l यु-१९ स्तरमा नेपाललाई सन् २००६ को यु-१९ बिश्वकपको प्लेट च्याम्पियनशिप उपाधि दिलाउने क्रममा टिमको कप्तानी गरेका उनले प्रतियोगितामा नेपालको लागि सर्बाधिक रन ( ६ खेल २३४ रन ) समेत बनाएका थिए l सो क्रममा उनले टेस्ट रास्ट्र दक्षिण अफ्रीका र जिम्बाबेसंग अर्धशतक प्रहार गरेका थिए l

पुर्ब रास्ट्रिय क्रिकेटर कनिस्क चौगाईं क्लब महत्वपूर्ण खेलाडी हुनेछन्

त्यसबाहेक प्रारम्भिक टिममा किरण श्रेष्ठ, दिवस बराल, सुरेन बिसी, संजय कार्की, दिलिप थापा, अनुज श्रेष्ठ, प्रयाश पण्डित, बिज्ञान पाण्डे लगायत खेलाडीहरु छन् l टिमको ब्यबस्थापकको जिम्मेवारी उत्सब सिग्देलले निभाईरहेका छन् l प्रतियोगितामा सहभागी हुन टिमले केहि समय अघि देखिनै निरन्तर अभ्यास थालीसकेको लामाले जानकारी दिएका छन् l

राइनोजको अभियान 

गत बर्ष नोभेम्बरमा अमेरिकामा सम्पन्न प्रतिष्ठित टु-एक्स क्रिकेट युएसए कपको उपाधि जित्दै चर्चा कमाएको नेपाली राइनोज क्रिकेट क्लबको स्थापना करिब १ बर्ष अघि भएको थियो l

स्थापनाको केहि महिनामानै पारस खड्का सहित ८ नेपाली क्रिकेटरहरुलाई प्रतियोगिता खेल्न अमेरिका लागेको क्लबले प्रतियोगितानै जित्यो र ६० हजार अमेरिकी डलर हात पार्यो l सो क्रममा क्लबले अमेरिकामा रहेका नेपालीहरुबाट नेपाली खेलाडीहरुको हितको लागि फन्ड कलेक्सन अभियाननै चलायो भने खेलाडीहरुलाई खेल सामग्री कम्पनिसंग जोड्ने काम समेत गरेको थियो l

Nepali Rhinos Cricket Club

प्रतियोगिता पछि राइनोजले नेपालमा गतबर्ष पुष महिनामा सम्पन्न रुस्लान कप प्रतियोगितामा टिम सहभागी गराएको थियो l राइनोजले प्रतियोगितामा विभागीय टिम शशस्त्र प्रहरी बललाई पराजित गर्दै ठुलै छाप छोडेको थियो l  शरद भेसावकर, सुशील कंडेल, पवन शर्राफ, सोनु तामांग, रुपेश श्रीवास्तब, प्रकास बिस्ट लगायत क्रिकेटरहरुलाई त्यसबेला क्लबले टिममा अनुबन्ध गरेको थियो l

त्यसबाहेक क्लबले नेपालमा बिभिन्न सहयोग कार्यक्रम गरेको छ l ग्रेट हिमालय क्रिकेट एकेडेमीमा २ जना क्रिकेटरहरुलाई १ बर्षे क्रिकेट छात्रवृत्ति ( ३६ हजार रुपियाँ ) प्रदान गरेको क्लबले महिला क्रिकेट विकासमा काम गरिरहेको राइजिंग क्रिकेट वुमेन्स क्लबलाई पनि आर्थिक सहयोग ( रु. ५० हजार ) गरेको थियो l यस्तै क्रिकेट फ्यानहरुको संस्था नेपाली क्रिकेट समर्थक समाजलाई पनि रु. १० हजार सहयोग गरेको थियो l

 

 

 

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy