नेपाली राइनोज सेमीफाईनलमा

Nepali rhonos cricket club

टु-एक्स क्रिकेट युएसए कप प्रतियोगितामा नेपाली टिम नेपाली राइनोजले लगातार दोश्रो जित हात पार्ने क्रममा युएई फाल्कोन्सलाई ५ विकेटले पराजित गरेको छ l ( संक्षिप्त स्कोरकार्ड ) 

लगातार दोश्रो जित पछि १ खेल बाँकी रहँदै नेपाली राइनोज सेमीफाईनल पुग्ने पक्का भएको छ l

आज राती सम्पन्न अन्य खेलमा एमएसएम इंगल्याण्डले समरसेट कभालियर्सलाई पराजित गरेपछि २ खेल जित्ने नेपाली राइनोज समुह ‘ए’ मा एक मात्र टोलि हो l समुह ‘ए’ बाट बिजेता र उपविजेता टोलि सेमीफाईनल प्रवेश गर्नेछ l एमएसएम र युएई दुवैले १/१ जित र १/१ हार बेहोरेको छ भने समरसेटले दुवै खेलमा हार बेहोरेको छ l नेपाली टिमले आज राजि १२:४५ बजे समरसेट कभालियर्सको सामना गर्नेछ l

टस जितेर पुनः फिल्डिंग रोजेपछि फाल्कोन्सले पहिलो १० ओभरमा ९०/२ को स्कोर बनायो l त्यसपछि ब्याटिंग गरेको नेपाली राइनोजले १० ओभरमा ८६/२ को स्कोर बनाउन सक्यो l

पहिलो इनिंगमा ४ रनको अग्रता लिएको फाल्कोन्सले दोश्रो इनिंगमा ४७ रन मात्रै जोड्न सक्यो र पुरै विकेट गुमायो l ५२ रनको लक्ष पाएको नेपाली राइनोजले १९ औ ओभरमा कुल ५ विकेट नोक्सानीमा लक्ष पुरा गर्यो l

सुबास खकुरेल
सुबास खकुरेल

नेपाली राइनोजको लागि पारस खड्का र  शन फिंडलेले ३/३ विकेट लिए भने सोमपाल कामिले २ विकेट आफ्नो नाम गरे l बसन्त रेग्मी र रस्टि थेरोनले १/१ विकेट लिए l ब्याटिंग तर्फ फाल्कोन्सका जेसान मक्सुदले सर्बाधिक ८३ रन योगदान दिए पनि अन्य फाल्कोन्स ब्याट्सम्यान विकेटमा जम्न सकेनन् l

ब्याटिंग तर्फ नेपाली राइनोजको लागि ओपनर सुबास खकुरेलले सर्बाधिक ३९ रन बनाए जो अमजद जाबेदको बलमा बोल्ड आउट भए l यस्तै कप्तान पारस खड्काले ३३ रन बनाउदा ओपनिंग ब्याटिंग गरेका ज्ञानेन्द्र मल्लले २७ रन योगदान दिए l तेश्रो नम्बरमा ब्याटिंग गरेका शन फिंडले ११ र शरद भेसावकरले २ रन बनाउन सके l पृथु बास्कोटा र सोमपाल कामिले  अविजित रहँदै नेपाललाई जित सम्म पुर्याएका थिए l

पहिलो खेलमा नेपालले मोन्टगोमेरी स्पोर्ट्स म्यानेजमेन्ट इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर तथा मित्सुबासि कार पाउनेछ l २०-२० ओभरको खेल भए पनि टु-एक्स फर्म्याट टेस्ट क्रिकेट जस्तै १०/१० ओभरको ४ इनिंगमा खेलाईएको छ l





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]