नेपाली राइनोज सेमीफाईनलमा

टु-एक्स क्रिकेट युएसए कप प्रतियोगितामा नेपाली टिम नेपाली राइनोजले लगातार दोश्रो जित हात पार्ने क्रममा युएई फाल्कोन्सलाई ५ विकेटले पराजित गरेको छ l ( संक्षिप्त स्कोरकार्ड ) 

लगातार दोश्रो जित पछि १ खेल बाँकी रहँदै नेपाली राइनोज सेमीफाईनल पुग्ने पक्का भएको छ l

आज राती सम्पन्न अन्य खेलमा एमएसएम इंगल्याण्डले समरसेट कभालियर्सलाई पराजित गरेपछि २ खेल जित्ने नेपाली राइनोज समुह ‘ए’ मा एक मात्र टोलि हो l समुह ‘ए’ बाट बिजेता र उपविजेता टोलि सेमीफाईनल प्रवेश गर्नेछ l एमएसएम र युएई दुवैले १/१ जित र १/१ हार बेहोरेको छ भने समरसेटले दुवै खेलमा हार बेहोरेको छ l नेपाली टिमले आज राजि १२:४५ बजे समरसेट कभालियर्सको सामना गर्नेछ l

टस जितेर पुनः फिल्डिंग रोजेपछि फाल्कोन्सले पहिलो १० ओभरमा ९०/२ को स्कोर बनायो l त्यसपछि ब्याटिंग गरेको नेपाली राइनोजले १० ओभरमा ८६/२ को स्कोर बनाउन सक्यो l

पहिलो इनिंगमा ४ रनको अग्रता लिएको फाल्कोन्सले दोश्रो इनिंगमा ४७ रन मात्रै जोड्न सक्यो र पुरै विकेट गुमायो l ५२ रनको लक्ष पाएको नेपाली राइनोजले १९ औ ओभरमा कुल ५ विकेट नोक्सानीमा लक्ष पुरा गर्यो l

सुबास खकुरेल
सुबास खकुरेल

नेपाली राइनोजको लागि पारस खड्का र  शन फिंडलेले ३/३ विकेट लिए भने सोमपाल कामिले २ विकेट आफ्नो नाम गरे l बसन्त रेग्मी र रस्टि थेरोनले १/१ विकेट लिए l ब्याटिंग तर्फ फाल्कोन्सका जेसान मक्सुदले सर्बाधिक ८३ रन योगदान दिए पनि अन्य फाल्कोन्स ब्याट्सम्यान विकेटमा जम्न सकेनन् l

ब्याटिंग तर्फ नेपाली राइनोजको लागि ओपनर सुबास खकुरेलले सर्बाधिक ३९ रन बनाए जो अमजद जाबेदको बलमा बोल्ड आउट भए l यस्तै कप्तान पारस खड्काले ३३ रन बनाउदा ओपनिंग ब्याटिंग गरेका ज्ञानेन्द्र मल्लले २७ रन योगदान दिए l तेश्रो नम्बरमा ब्याटिंग गरेका शन फिंडले ११ र शरद भेसावकरले २ रन बनाउन सके l पृथु बास्कोटा र सोमपाल कामिले  अविजित रहँदै नेपाललाई जित सम्म पुर्याएका थिए l

पहिलो खेलमा नेपालले मोन्टगोमेरी स्पोर्ट्स म्यानेजमेन्ट इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर तथा मित्सुबासि कार पाउनेछ l २०-२० ओभरको खेल भए पनि टु-एक्स फर्म्याट टेस्ट क्रिकेट जस्तै १०/१० ओभरको ४ इनिंगमा खेलाईएको छ l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy