विश्वकप छनौट खेल्ने नेपाली टोलिको घोषणा

Nepal Cricket Team
  • विकेटनेपाल – ७ फाल्गुन, सोमबार

जिम्बावेमा आगामी मार्च ४ देखि २५ सम्म आयोजना हुने सन् २०१९ एक दिवसीय विश्वकपको छनौट खेलका लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा भएको छ। रास्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक रमन शिवाकोटीले प्रेस बिज्ञप्ति मार्फत नेपाली टोलिको घोषणा गरेका हुन्।

नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा सहभागी १४ खेलाडी र एक अतिरिक्त गरि १५ खेलाडीको नाम घोषणा भएको हो।

Lalit Rajbanshi
Lalit Rajbanshi

यसअघिको टोलिमा थपिएका एक अतिरिक्त खेलाडीमा बायाँ हाते स्पिन बलर ललित नारायण राजबंशी रहेका छन्। ललित पहिलो पटक सिनियर राष्ट्रिय टोलिमा परेका हुन्।

 

पारस खड्काको कप्तानीमा रहेको टोलीका अन्य सदस्यहरुमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र करण केसी रहेका छन्।

उता डिभिजन-२ का लागि प्रारम्भिक खेलाडीको सुचिमा समेत नअटाएका बिनोद भण्डारीभने जिम्बावेमा हुने प्रतियोगिताका लागि बैकल्पिक खेलाडीको सुचिमा परेका छन्। बिनोद भण्डारीसंगै बैकल्पिक खेलाडीको सुचिमा सुनिल धमला, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन्।

नेपालि टोलि : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी

बैकल्पिक खेलाडी : बिनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो

जिम्बावेमा हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्ने छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]