नेपाली टिमको विमानस्थलमा भव्य स्वागत ( फोटो फिचर )

  • विकेटनेपाल – ५ फाल्गुन, शनिवार

नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेता हुँदै २०१९ एकदिवसीय बिश्वकप छनौट खेल्न छानिएको नेपाली रास्ट्रिय क्रिकेट टिम शनिबार राति स्वदेश फर्केको छ। एथियाड एयरलाइन्सको विमानबाट नेपाली टोलि शनिवार राति ७:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको थियो।

Nepal Cricket Team

बिमान अवतरण गरेको करिब १ घण्टा पछि एअरपोर्टबाट टिम बाहिरियो। टिमको स्वागत गर्न करिब १००-१५० जना समर्थकहरु एअरपोर्ट पुगेका थिए। टिमको स्वागतमा पुर्व खेलकुद मन्त्रि दलजित दलजित श्रीपाली, नेपाल क्रिकेट संघका सीओओ छुम्बी लामा, वाईसीएलका अध्यक्ष दिप शिखा उपस्थित थिए।

Nepal Cricket Team Fans

टिमको स्वागतमा पुगेका समर्थकहरुले नेपालको सफलता झल्किने तथा नेपाल क्रिकेट संघको खारेजी, क्रिकेट राजनीति बारे पनि बिभिन्न नारा लगाएका थिए। प्रतियोगितामा क्यानडाबिरुद्धको रोमान्चक १ विकेटको जितमा चमत्कारिक ब्याटिंग गरेका करन केसीको समर्थकहरुले बारम्बार नाम लिंदै नारा लगाएका थिए।

Karan KC

 

नामिबियामा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्दै नेपाल डिभिजन १ मा उक्लिएको हो। डिभिजन-२ को लिग चरणमा ५ मध्ये ४ खेलमा जित र १ खेलमा हार सहित अंकतालिकाको शिर्षस्थानमा रहँदै जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा सिट पक्का गरेको हो। डिभिजन-२ को फाइनलमा भने नेपाल युएईसंग पराजित हुनपुग्यो र उपविजेताको रुपमा प्रतियोगिताको अन्त्य गर्यो।

टिमको सफलतामा उत्साहित समर्थकहरुले एअरपोर्टबाट फर्कने क्रममा नेपाली टिम बसेको बस वरिपरी घेरा लगाएका थिए। बस भित्र बसेका क्रिकेटरहरुले पनि समर्थकहरुलाई हात हल्लाएर अभिबादन गरेका थिए। विमानस्थलमा कप्तान पारस खड्का, प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका सन्दिप लामिछाने, करन केसी तथा प्रशिक्षक जगत टमाटाले पत्रकारहरुसंग कुराकानी गरेपछि नेपाली टिम होटल फर्केको थियो।





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]