जिम्बाबे जाँदै नेपाली टिम, यस्तो छ २१ सदस्यीय टोलि

Nepal Cricket Team
  • विकेटनेपाल – ११ फाल्गुन, शनिवार

नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को शिर्ष २ मा रहदै आगामी महिना जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टिम शनिवार जिम्बाबे प्रस्थान गर्दै छ।

आगामी मार्च ४ देखि जिम्बाबेमा आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोलि शनिवार त्यसतर्फ प्रस्थान गर्न लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली टोलि “फ्लाई दुबई” विमानबाट शनिवार बेलुकी १०:४५ बजे जिम्बाबे जाने तालिका रहेको छ। टोलि स्थानीय समय अनुसार आईतवार साँझ ५:१५ जिम्बाबेमा अवतरण गर्नेछ।

जिम्बाबे जाने नेपाली टिम २० सदस्यीय रहनेछ। बिश्व क्रिकेट लिग डिभिजन-२ मा १४ सदस्यीय टोलि रहेकोमा त्यही टिममा थप १ खेलाडी ललित राजबंशी सहित १५ जना खेलाडी तथा ६ जना सपोर्ट स्टाफ सहितको टिम जिम्बाबे उड्नेछ। टोलिको प्रशिक्षक जगत टमाटा रहेका छन् भने ब्याटिंग कन्सल्टेन्टको रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल रहेका छन्।

Suraj Shakya
Suraj Shakya ( Video Analyst )

टिमको ब्यबस्थापक तथा टेक्निकल एनालिस्टको रुपमा रमन शिवाकोटी रहेका छन् भएन यो पटक भिडियो एनालिस्टको रुपमा सुरज शाक्य पनि टिमसंग रहनेछन्। यस्तै टिम फिजियोको रुपमा दिनेश भट्ट र फिटनेस ट्रेनर सुबास पत्रो रहेका छन्।

जिम्बावे प्रस्थान गर्न अघि नेपाली क्रिकेट टोलिलाई नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार जनही नगद रु ३ लाख रुपैयाँ सहित सम्मान गरेका थिए। सरकारले दिएको सम्मान रकममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनही रु १ लाख रुपैयाँ थप गरेको थियो।

पुरा समाचार यहाँ पढ्नुहोस्

विश्वकप छनौट प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

Lalit Rajbanshi
Lalit Rajbanshi

प्रतियोगिता अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द नेपालले २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेकोछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

जिम्बाबे जाने नेपाली टोलि

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

रमन शिवाकोटी ( टिम ब्यबस्थापक / टेक्निकल एनालिस्ट )
जगत टमाटा ( मुख्य प्रशिक्षक )
दिनेश भट्ट ( फिजियो )
सुबाश पत्रो ( ट्रेनर )
उमेश पटवाल ( ब्याटिंग कन्सल्टेन्ट )
सुरज शाक्य ( भिडियो एनालिस्ट )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]