नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान

२०८० भाद्र ६, बुधबार १०:२८

nepal cricket team

एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ।

पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गरेका हुन् ।

एसिया कपमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान छन्।

नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ। नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । भदौ १८ गते श्रीलंकामा खेल्ने दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy