एक दिवसीय मान्यता सहित नेपाली टोलि स्वदेश फिर्ता

Paras Khadka
  • विकेटनेपाल – ५ चैत्र, सोमबार

जिम्बाबेमा आयोजित एक दिवसीय विश्वकप छनौटमा ऐतिहासिक उपलब्धि हाँसिल गरेको नेपाली टोलि आज स्वदेश फर्किएको छ। साँझ ५:५५ बजे नेपाली टोलि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो।

बिश्वकप छनौट अन्तर्गत प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपालले हंगकंग र पपुवा न्यु गिनीलाई पछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो। पहिलो पटक एक दिवसीय राष्ट्रको मान्यता पाएपछि स्वदेश फर्किएको नेपाली टोलिलाई स्वागत गर्न सयौंको संख्यामा क्रिकेट समर्थकहरु विमानस्थल पुगेका थिए। नेपाली राष्ट्रिय झन्डा सहित स्वागतका लागि बिमानस्थल पुगेका समर्थकले क्रिकेट स्टेडियम बनाइनु पर्ने, खेलाडीलाई सुबिधा दिनुपर्ने जस्ता नारा लगाएका थिए।

नेपाली टोलिको स्वागतमा जम्मा भएको भिड

बिमानस्थलमा अवतरण गरेपछि संचारमाध्यमसंग कुराकानी गर्दै कप्तान पारस खड्काले नेपाली टोलिको अबको लक्ष्य भनेको ५० ओभरको विश्वकप खेल्ने भएको बताए। यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले भने सन् २०१४ मा पाएको टि-२० मान्यता जसरि एक दिवसीय मान्यतालाई खेर जान दिन नहुने बताए।

यस अघि सन् २०१४ को टि-२० बिश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो। सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल गरेको हो। एकदिवसीय मान्यतासंगै नेपालले स्वतः टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता समेत पाउनेछ।

 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]