नेपाली टोलि आज साँझ स्वादेश फर्किंदै

Nepal Cricket Team
  • विकेटनेपाल – ५ चैत्र, सोमबार

जिम्बाबेमा आयोजित एक दिवसीय विश्वकप छनौटमा ऐतिहासिक उपलब्धि हाँसिल गरेको नेपाली टोलि आज स्वदेश फर्किंदै छ। बिश्वकप छनौट अन्तर्गत प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपालले हंगकंग र पपुवा न्यु गिनीलाई पछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।

Nepal ODI Nation

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई दिएको जानकारी अनुसार , नेपाली टोलि आज साँझ ५:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको छ। यसअघि आइतवार जिम्बाबेबाट उडेको नेपाली टोलि आज बिहान युएई आईपुगेको थियो ।

प्रतियोगिताको सुपर सिक्स चरण पुग्न असफल नेपाली टिमले समुह चरणको खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग हार बेहोर्यो भने त्यसपछि हंगकंगलाई पराजित गरे पनि नेट रन रेटको आधारमा अफगानिस्तानसंग पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो।

Nepal beat Papua New Guinea
नेपालले प्रतियोगितामा हंगकंग र पपुवा न्यू गिनीमाथि जित दर्ता गर्यो

यस अघि सन् २०१४ को टि-२० बिश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो। सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल गरेको हो। एकदिवसीय मान्यतासंगै नेपालले स्वतः टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता समेत पाउनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट प्रतियोगिताको उत्कृस्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउने घोषणा गरेको थियो। जिम्बाबेमा जारि प्रतियोगिताको सुपर सिक्स चरण प्रवेश गर्दै स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाउने निश्चित भैसकेको थियो। बाँकि एउटा राष्ट्रको लागि सुपर सिक्स पुग्न असफल नेपाल, पपुवा न्यु गिनी र हंगकंग बीच प्रतिस्पर्धा थियो।

एकदिवसीय मान्यता पाए के हुन्छ ?
१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई छुट्याउने बजेट ठुलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछ र आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु बिश्व क्रिकेटका ठुला क्रिकेटरहरुसंगै बिश्व वरियतामा सामेल हुन पाउनेछन्।

४. नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड बिश्वरेकर्डमा गनिनेछ। नेपालले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टिम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड बिश्वस्तरमा गणना हुनेछ।

५. बिश्व क्रिकेट जगतले नेपाललाई हेर्ने नजर परिवर्तन हुनेछ। ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग समेत बढ्ने सम्भावना समेत यसले बढाउनेछ।

६. एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरुले एकअर्कासंग मैत्रीपूर्ण सिरिज खेल्न सक्छन्। आईसीसीले दिने बजेट धेरै हुनाले सिरिज खेल्न विदेश जान पनि टिमलाई सहज हुनेछ।





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]