नेपालको दोस्रो अभ्यास खेल आज

काठमाडौं । नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागीताका लागि श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेल आज (बुधबार) खेल्दैछ ।

नेपाली टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंका डेभलभमेन्टसँग नेपाली समय अनुसार बुधबार बिहान सवा दशमा खेल्दैछ ।

पहिलो अभ्यास खेलमा मंगलबार नेपाल यसै टोलीसँग ३३ रनले पराजित भएको थियो ।

नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ । यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।





थप समाचार

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]

एनपीएल : पोखरालाई पराजित गर्दै जनकपुरको लगातार तेश्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा […]

एनपीएल : काठमाडौँ र बिराटनगर विजयी

नेपाल प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दुई खेलमा काठमाडौँ गुर्खाज र बिराटनगर किंग्स विजयी भएका छन्। दुवै टिमको यो पहिलो […]