दोश्रो खेलमा नेपालको कमजोर प्रदर्शन, सिरिज बराबरी

युएईमा नोभेम्बर २२ तारिख देखि आयोजना हुने महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले ‘बंगबन्धु बंगलादेश कृरा शिक्षा प्रतिष्ठान मैत्रीपूर्ण क्रिकेट सिरिज’ अन्तर्गत दोश्रो खेलमा हार बेहोरेको छ। हारसंगै तिन खेलको टि-२० सिरिज १-१ को बराबरी भएको छ।

बंगलादेश कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ४६ रनको सामान्य लक्ष्य बंगलादेश कृरा शिक्षा प्रतिष्ठानले ५ विकेट क्षेतीमा १२.४ ओभरमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा सुरुवाती ४ विकेट १३ रनको योगफलमा गुमाएपछि प्रतिष्ठानकि ब्याटर सुमैयाले बोन्यासंग २९ रनको साझेदारी गर्दै जिततर्फ डोर्याईन्। सुमैयाले २१ रन बनाईन्। नेपालको बलिंगमा  कविता कुँवरले २ विकेट ( ४-१-६-२ ) लिन सबनम राई ( ३-०-१६-१ ) र सरस्वति चौधरीले ( २-०-५-१ ) समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो। नेपालको लागि ज्योति पाण्डे र अप्सरी बेगमले समान १३ रन, सिता राना मगरले ५ र इन्दु बर्माले ४ रन योगदान दिए। बंगलादेश कृराकि बलर मरुफा एक्लैले ४ विकेट लिईन् जुन क्रममा ४ ओभरमा ७ रन मात्र खर्चिन्। रबेयाले २ विकेट ( ४-३-१-२ ) तथा दिशा र शानुले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल २४ रनले विजयी भएको छ। आगामी खेल नोभेम्बर १० तारिखमा खेलिनेछ।

बंगलादेश भ्रमण पछि नेपाली टिम स्वदेश फर्किएपछि नेपाली टिम नोभेम्बर १४ तारिखमा नेपालबाट टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार प्रस्थान गर्ने तालिकाछ। कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ।

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]