नेपालको निलम्बन छिटै फुकुवा हुने आसीसीको बिश्वास

cricket association of nepal

आइसीसीले आइतबार एक प्रेस वक्तव्यद्वारा नेपालको निलम्बन फुकुवा हुने बाटोमा निकै प्रगति भएको बताएको छ l शनिबार बसेको सल्लाहकार समिति र आइसीसी पदाधिकारीको बैठकमा भएको सकारात्मक वार्तालाई आधार बनाई आइसीसीले यस्तो वक्तव्य दिएको हो l

आइसीसीले यसै वक्तव्य मार्फत नेपालले निलम्बन फुकुवा गर्न अब गर्नुपर्ने कदमहरु पनि खुलाएको छ l नेपालले अब शिघ्र साधारण सभा गरी आफ्नो संबिधानमा सल्लाहकार समितिले प्रस्ताव गरेका संशोधनहरु पारित गर्नुपर्ने हुन्छ l त्यसलगत्तै नयाँ नियमहरुका आधारमा नयाँ चुनाव गरी नयाँ बोर्डको गठन गर्नुपर्ने हुन्छ l

शनिबारको बैठकमा पनि सहभागी हुनुभएका आइसीसीका उपाध्यक्ष इमरान ख्वाजाले पनि नेपालले छिटो भन्दा छिटो समाधान खोज्नेमा आफू बिश्वस्त रहेको बताउनुभएको छ l “आ-आफ्नो धारणा हुँदाहुँदै पनि सबैले मिलेर नेपाली क्रिकेटको भलोका लागि सहकार्य गर्न खोज्नु सुखद् हो l सबैकुरा सोचे जस्तो भयो भने यो नेपाली क्रिकेटमा नयाँ युगको उदय हुनेछ l”





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]