नेपालको दोश्रो अभ्यास खेल आज, यस्तो छ सेन्ट क्रस सईमोन्डियन्स क्रिकेट क्लब

  • विकेटनेपाल, श्रावण ७ – सोमबार

यही जुलाई २९ तारिखमा नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लबसंग त्रिकोणात्मक टि-२० सिरिज र त्यसपछि अगस्ट १ र ३ तारिखमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तरास्ट्रिय खेल्न इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज राति नौ बजे दोश्रो अभ्यास खेल खेल्ने छ। यसअघि शनिबार भएको पहिलो एकदिवसीय खेलमा स्थानीय टिम ह्याम्पसायरलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

टि२० फर्म्याटमा हुने दोश्रो अभ्यास खेलमा नेपालले स्थानीय सेन्ट क्रस सईमोन्डियन्स क्रिकेट क्लबसँग खेल्ने छ। सेन्ट क्रसले आफ्नो प्रथम श्रेणीको टिम मैदानमा उतारेको छ।

यस्तो छ उसको प्लेयिंग एघार:

१. टोम फोयल (कप्तान) , २. जिम्मी एडम्स (काउन्टी टिम ह्याम्पसायरका पुर्व-कप्तान र अहिले खेलाडी, २० जुनमा योर्कसायरबिरुद्द १४७ रनको पारि) , ३. फेलिक्स ओर्गान (इंग्ल्याण्ड  यु १९, २०१७ मा एकमात्र फर्स्ट क्लास खेल) , ४. टोम स्क्रिविन (इंग्ल्याण्ड यु १९ सन् २०१८ को विश्वकपमा) , ५. अशेर हर्ट (डर्ह्याम, २ ओटा फर्स्ट क्लास खेल) , ६. म्याट फ्लोयेड (उमेर ३७ बर्ष, सन् २००१ देखि २००२ को बिचमा ५ फर्स्ट क्लास खेल) , ७. ह्यार्री फोयल , ८. जी बर्रेट , ९. ब्राड अल्द्रिज , १०. जोश मुर्लोक , ११. ह्यारी त्रुस्स्लर

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy