टि-२० विश्वकपमा नेपालको पहिलो खेल नेदरल्याण्डसंग

वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने २०२४ टि-ट्वान्टी विश्वकपको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको छ।

गत वर्ष नोभेम्बरमा नेपालमा आयोजित टि-ट्वान्टी विश्वकप एसिया छनोटको उपविजेताको रुपमा नेपाल दोश्रो पटक टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको थियो। २०१४ मा बंगलादेशमा आयोजित टि-ट्वान्टी विश्वकपमा नेपाल पहिलो पटक छनोट भएको थियो।

जुन १ देखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा पहिलो पटक २० वटा टिम सहभागी हुँदैछन्।

प्रतियोगितामा नेपाल समुह ‘डी’ मा परेको छ जुन समुहमा बंगलादेश, दक्षिण अफ्रीका, श्रीलंका र नेदरल्याण्ड छन्।

खेल तालिका अनुसार नेपालले पहिलो खेल जुन ४ तारिखमा नेदरल्याण्डसंग अमेरिकाको डालसमा, दोश्रो खेल श्रीलंकासंग जुन ११ मा अमेरिकाको लौडरहिलमा, तेश्रो खेल जुन १४ मा दक्षिण अफ्रीकासंग वेस्टइन्डिजको सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडाईन्समा तथा चौंथो खेल सोहि स्थानमा जुन १६ तारिखमा बंगलादेशसंग खेल्ने तालिका छ।

२० टिमलाई ४ वटा समुहमा बिभाजन गरिएको छ 

समुह ‘ए’ : भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका

समुह ‘बि’ : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान

समुह ‘सी’ : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी

समुह ‘डी’ : नेपाल, दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड

४ वटा समुहमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि प्रत्येक समुहबाट शिर्ष २ टिम सुपर-८ चरण प्रवेश गर्नेछ।





थप समाचार

एनपीएल : काठमाडौँसँग हारसंगै पहिलो चरणबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले […]

एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको […]

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]