नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ ।

पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको हो ।

श्रीलंकाले दिएका् १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाका कारण छोट्याईएको १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६३ रन बनायो ।

नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ तथा सिता राना मगरले २८ बलमा ११ रन बनाईन् ।

श्रीलंकाका लागि दिवामी भिहागांले तीन तथा एम सिहानीले दुई विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

श्रीलंकाका लागि आई दुलानीले ४१ बलमा १७ तथा के नुथानगंगाले ४१ बलमा २७ रन बनाईन् ।

नेपालका लागि सवनम राईले तीन तथा राजमती ऐरीले एक विकेट लिईन् ।

दोस्रो अभ्यास खेल बुधबार हुनेछ ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]