नेपाल श्रीलंकासँग पराजित

२०८१ असार २६, मंगलवार १६:१५

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ ।

पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको हो ।

श्रीलंकाले दिएका् १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाका कारण छोट्याईएको १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६३ रन बनायो ।

नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ तथा सिता राना मगरले २८ बलमा ११ रन बनाईन् ।

श्रीलंकाका लागि दिवामी भिहागांले तीन तथा एम सिहानीले दुई विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

श्रीलंकाका लागि आई दुलानीले ४१ बलमा १७ तथा के नुथानगंगाले ४१ बलमा २७ रन बनाईन् ।

नेपालका लागि सवनम राईले तीन तथा राजमती ऐरीले एक विकेट लिईन् ।

दोस्रो अभ्यास खेल बुधबार हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy