नेरीको शानदार प्रदर्शनमा नेपालको सिरिज जित

नेरी थापाको उत्कृष्ट प्रदर्शनमा पाहुना टोली मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको ४०/४० ओभरको एक दिवशिय मैत्रीपूर्ण खेल राष्ट्रिय महिला क्रिकेट खेलाडी सम्मिलित क्यान ११ ले जितेको छ ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा क्यान ११ ले २ विकेटले जित हात पारेको हो । खेलमा नेरी थापाले व्यक्तिगत ५५ रनको योगदान संगै २ महात्वपूर्ण विकेट हात पारेकी थिइन् । उनी खेलको ओमन अफ दि म्याच संगै प्लेयर अफ दि सिरिजको ट्रफी समेत् हात पारिन् । यो जित संगै नेपाली महिला क्रिकेट टोली क्यान ११ ले सिरिज समेत हात पारेको छ ।

पोखरामा सम्पन्न भएको चौथो तथा अन्तिम खेलमा टस जितेर व्याटिङ रोजेको एमसीसीले ६ विकेटको नोक्सानीमा १५५ रन जोडेको थियो । एमसीसीका लागि क्लारा टेलरले ५५ र अमान्दा पोटगिजरले २६ रन तथा जेनी किटजिङ्गरले २५ रनको योगदान दिएका थिए । नेपालका लागि वलिङतर्फ नेरी थापा र सोनी पाख्रिनले समान २/२ विकेट हात पार्दा सिता राना र इन्दु वर्माले १/१ विकेट लिएका थिए ।

यता नेपालले १५६ रन लक्ष्य पछ्याउने क्रममा आफ्ना ८ जना खेलाडी गुमाउन पुगेको थियो । नेरी थापाले ५५, कविता कुंवरले १८, रुविना क्षेत्रीले १६, सम्झना खड्काले ११ र रोमा थापाले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । नेपालले २६ रन अतिरिक्त पाएको थियो । एमसीसीका लागि अमान्दा पोटगिजरले ३ विकेट हात पारिन भने एलिगा हुवार्ड र इशाबेल गुर्नीले समान २/२ विकेट लिएका थिए । रिचेल पोर्टरले एक विकेट लिइन् ।

क्रिकेटको जन्मस्थल मानिने बेलायतको मेर्लीवन क्रिकेट क्लव (एमसीसी) क्रिकेट खेलको विकास तथा प्रचारका लागि अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण गर्ने गर्दछ ।

विजेता खेलाडीहरुलाई राखेप सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव घनश्याम पौडेल, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषीराम गौतम, नेपाल पर्यटन वोर्डका प्रमुख काशीराज भण्डारी, कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले ट्रफी तथा मायाँको चिनो वितरण गरेका थिए ।

( साभार – पोखरास्पोर्ट्स )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy